सड़क दुर्घटनामा होम गार्डको मृत्यु
दुर्घटनाग्रस्त कार


दुर्घटना के बाद कार


सड़क हादसे में होमगार्ड की मौत


मोरीगाउँ (असम), 31 अक्टोबर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड क्षेत्रमा राष्ट्रिय राजमार्ग- 27 मा भएको सड़क दुर्घटनामा एकजना होम गार्डको घटनास्थलमै मृत्यु भयो।

पुलिसले शनिवार बतायो, जागीरोड पुलिस थाना अन्तर्गत धरमतुल क्षेत्रमा राष्ट्रिय राजमार्ग- 27 मा द्रुत गतिमा गइरहेको मारुती इको कारले ठक्कर दिएपछि होम गार्डको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान जितुमनी कलिताका रूपमा भएको छ। मृतक होम गार्ड खेत्री क्षेत्रका बासिन्दा थिए।

घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी मामिलाको अनुसन्धान गरिरहेको छ। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande