
कोलकाता, 06 अक्टोबर (हि.स.)। भाजपा नेता देवजित सरकारले रेजिनगर र नन्दीग्राम विधानसभा सीटको उपचुनाउमा भाजपाको ठूलो जीत हुने दाबी गरेका छन्। मङ्गलवारको उपचुनाउको सन्दर्भमा उनले भने, मतदाताहरूलाई राम्ररी थाहा छ कि कसलाई भोट दिँदा राम्रो हुन्छ। भाजपा बिना पश्चिम बङ्गालको कुनै भविष्य नरहेको दाबी समेत उनले गरे।
उनले भने, राज्यका सचेत मतदाताहरूलाई यो पनि थाहा छ कि कसलाई कति अन्तरमा जिताउनुपर्छ। तसर्थ, दुवै सीटमा भाजपाको जीतको अन्तर ठूलो हुनेछ। उनले भाजपाले निश्चित रूपमा ठुलो बहुमतले जित्ने दाबी गरे।
विपक्षी दलहरूलाई लक्षित गर्दै उनले भने, उनीहरू दिशाहीन भइसकेका छन् र उनीहरूको कुनै जनाधार बचेको छैन। विपक्षी नेताहरूले विभिन्न प्रकारका बयानहरू मात्र दिरहेका छन्। अब कोही पनि उनीहरूसँग छैनन् र कोही पनि मतदाता उनको पक्षमा छैनन्। एउटा विपक्षी दलको त झन् चुनाउ चिन्ह समेत गइसकेको छ।
राज्यमा पहिला सत्तामा रहेका दलहरूमाथि प्रहार गर्दै देवजित सरकारले भने, वर्षौँसम्म पश्चिम बङ्गालको शोषण गरेपछि जनताले 34 वर्ष र 15 वर्ष दुवैको शासनलाई पूर्ण रूपमा खारेज गरेर उनीहरूलाई यसको जवाफ दिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा