हिङ्गोलीको पटाका गोदाममा भयानक आगलागी, दुई जनाको मृत्यु, 12 जना घाइते
हिङ्गोलीको पटाका गोदाममा भयानक आगलागी, दुई जनाको मृत्यु, 12 जना घाइते


मुम्बई, 06 अक्टोबर (हि.स.)। महाराष्ट्रको हिङ्गोली शहरको भीडभाडयुक्त मारवाड़ी गल्ली क्षेत्रमा अवस्थित एउटा पटाका गोदाममा हिजो राती आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य 12 जना घाइते भएका छन्। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। एकजना घाइते अग्निशमन कर्मीलाई उन्नत उपचारका लागि लातुर रेफर गरिएको छ। यस घटनाको अनुसन्धान हिङ्गोली पुलिस स्टेशनको टीमले गरिरहेको छ।

घटनाको अनुसन्धान गरिरहेका एकजना पुलिस अधिकारीले मङ्गलवार बताए, हिजो राती हिङ्गोली शहरको मारवाड़ी गल्लीमा रहेको पटाका गोदाममा अचानक आगो लाग्यो। केही समयभित्रै आगोले विकराल रूप धारण गऱ्यो जसको चपेटमा परी गोदाममा राखिएका पटाकाहरू एकपछि अर्को विस्फोट हुन थाल्यो। निरन्तर विस्फोट एवं ह्वार-ह्वारती आगो बलिरहेको देखेर स्थानीय मानिसहरू आतङ्कित भए। ज्यान बचाउनका लागि मानिसहरू आफ्नो घरबाट बाहिर निस्के।

घटनाको जानकारी पाएपछि हिङ्गोली जिल्ला अग्निशमन विभागका टोलीहरू घटनास्थलमा पुगे अनि आगो निभाउने र उद्धार कार्य शुरु गरे।

लगातार पटाका विस्फोट भइरहेको अवस्थामा बचाउ कार्यलाई अघि बढ़ाउने क्रममा अग्शिमन विभागको एउटा वाहन पनि आगोको चपेटमा पऱ्यो। यस अवधि एकजना अग्निशमन कर्मी गम्भीर रूपमा जलेर घाइते भए जसलाई प्राथमिक उपचारपछि उन्नत उपचारको लागि लातुर पठाइएको छ। घटनामा एकजना अग्नि नियन्त्रक गम्भीर घाइते भएका छन्, जसलाई प्राथमिक उपचारपछि थप उपचारका लागि लातुर पठाइएको छ। लामो प्रयासपछि मङ्गलवार बिहान आगोलाई नियन्त्रण गरियो।

यस घटनामा दुई जना मानिसहरूको मृत्यु भएको छ भने अन्य 12 जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। घना जनसङ्ख्या भएको क्षेत्रमा प्रचुर मात्रामा पटाका भण्डारण गरेकोलाई लिएऱ पनि प्रश्न उठिरहेको छ। पुलिस एवर प्रशासनले यस मामिलाको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande