

गुवाहाटी, 07 अक्टोबर (हि.स.)। गुवाहाटीको बेलतलासथ्ति ईएसआईसी मेडिकल कलेज एवं अस्पताल (ईएसआईसीएमसीएच) मा पञ्चकर्म एकाई र सौर्य ऊर्जा सञ्चालित तातो पानी आपूर्ति प्रणालीको उद्घाटन डा. अलका पाल, चिकित्सा आयुक्त (आयुष), ईएसआईसी एवं चिकित्सा आयुक्त, उत्तर पूर्वी क्षेत्रद्वारा गरियो।
ईएसआईसीएमसीएचका उप चिकित्सा अधीक्षक (आयुष) डा. पङ्कज कालिताले बुधवार यस आशयको जानकारी गराए। उनले बताए, गएमङ्गलवारको उद्घाटन समारोहमा मेडिकल कलेजका डीन प्रो. (डा.) भास्कर बरगोहाई, प्राध्यापक (डा.) मृगाङ्क बरूवा, विशेषज्ञ चिकित्सक तथा विभिन्न विभागका वरिष्ठ अधिकारी, शिक्षक तथा अस्पतालका कर्मचारी उपस्थित रहेका थिए।
डा. कलिताले बताए, गुवाहाटी इएसआईसी मेडिकल कलेज एवं अस्पतालमा स्थापित पञ्चकर्म एकाई हालैमा देशभरि नै स्वीकृत 11 पञ्चकर्म एकाईहरूमध्ये एक हो। यसको शुरुआतले आयुष आधारित स्वास्थ्य सेवाहरूलाई बलियो बनाउनेछ। यसले ईएसआईसीका बीमित व्यक्तिहरू र उनीहरूका आश्रितहरूलाई समग्र एवं एकीकृत स्वास्थ्य सेवाहरू प्रदान गर्न पनि मद्दत गर्नेछ।
उद्घाटनपछि डा. अलका पालले मेडिकल कलेज एवं अस्पतालमा भइरहेको विभिन्न विकास कार्यहरूको समीक्षा गरिन्। उनले बिरामीहरूलाई प्रदान गरिने स्वास्थ्य सेवाहरूको बारेमा उनीहरूको विचार तथा अनुभवहरू जान्न बिरामीहरूसँग अन्तरक्रिया पनि गरिन्। उनले एचओडी औ एमबीबीएस विद्यार्थीहरूसँग पनि कुराकानी गर्दै शैक्षिक गतिविधि, बिरामी सेवा एवं पूर्वाधार विकासको अवस्थाबारे सोधपुछ गरिन्।
डा.कलिताले भने, पञ्चकर्म एकाइ र सौर्य ऊर्जा सञ्चालित तातो पानी आपूर्ति प्रणालीको थालनीसँगै ईएसआईसीले आफ्नो बिमा भएका व्यक्ति र लाभार्थीहरूलाई एकीकृत, दिगो तथा बिरामी केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ पारेकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा