नगाउँ लोकसभा उपचुनाउः साँझ 4 बजेसम्मको मतगणनामा भाजपालाई 1,66,915 मतहरूको निर्णायक अग्रता
असमः नगांव लोकसभा उप चुनाव में एआईयूडीएफ, भाजपा एवं कांग्रेस उम्मीदवारों की तस्वीर


नगाउँ, 09 अक्टोबर (हि.स.)। असमको नगाउँ लोकसभा उपचुनाउको मतगणना आज बिहानजेथि शुरु भएको छ। साँझ 4 बजेसम्मको मतगणना अनुसार राज्य भाजपाको सत्तारुढ पार्टीले 1,66,915 मतको अन्तरले निर्णायक अग्रता हासिल गरेको छ। अर्कातिर एआईयूडीएफ दोस्रो र कङ्ग्रेस तेस्रो स्थानमा धकेलिएको छ।

चुनाउ आयोगको आधिकारिक सूचना अनुसार भाजपा उम्मेदवार देवशिष शर्माले 5,76,434 मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा एआईयूडीएफका उम्मेद्वार मौलाना बदरूद्दिन अजमल छन् जसले 4,09,519 मत प्राप्त गरे। कङ्ग्रेस उम्मेद्वार शिवामोनी बोराले तेस्रो स्थानमा 1,02,415 मत प्राप्त गरे। साथै नोटामा 7501 मत दर्ता भएको छ। मोठ 11,17,466 मतहरू साँझ 4 बजेसम्ममा गणना गरिएको थियो।

गत 6 अक्टोबरमा भएको नगाउँ उपचुनाउमा 76.19 प्रतिशत मतदान भएको थियो। नगाउँ लोकसभा निर्वाचन क्षेत्रमा कुल मतदाताको सङ्ख्या 19,02,009 रहेको छ। भाजपा, कङ्ग्रेस, एआईयूडीएफ सहित 15 जना उम्मेद्वारहरूले चुनाउमा आफ्नो भाग्यको परीक्षा लिएका थिए। ़

नगाउँ लोकसभा निर्वाचन क्षेत्रमा कुल आठ वटा विधानसभा निर्वाचन क्षेत्र छन् जसमध्ये चारवटा विधानसभामा पूर्ण रूपमा अल्पसङ्ख्यक मतदाताको प्रभुत्व छ। अचम्भको कुरा के छ भने यस चुनाउमा अल्पसङ्ख्यक बहुल सीटहरूमा मत प्राप्त गर्ने सन्दर्भमा भाजपा पहिलो वा दोस्रो स्थानमा छ।

सामान्यतया अल्पसङ्ख्यक बहुल सीटहरूमा कङ्ग्रेस वा एआईयूडीएफ नै पहिलो वा दोस्रो स्थानमा रहन्छन्। तर मत प्राप्तिको सन्दर्भमा पहिलो पटक कङ्ग्रेस तेस्रो स्थानमा झरेको देखिएको छ। यसपटक निर्वाचन परिणामलाई लिएर विपक्षी दल कङ्ग्रेसको कडा आलोचना भइरहेको छ। हालै कङ्ग्रेसको खेमाबाट अलग भएका रायजोर दलका विधायक तथा पार्टी अध्यक्ष अखिल गोगोईले कङ्ग्रेस पार्टीको आक्रोशित पार्ने प्रदर्शनको लागि कङ्ग्रेसका प्रदेश अध्यक्ष गौरव गोगोई र सांसद रकिबुल हुसेनलाई जिम्मेवार ठहराएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande