गौरव गोगोईले कङ्ग्रेसको कफिनमा अन्तिम किल ठोकेः भूपेन बोरा
भूपेन बोरा Bhupen Bora


गुवाहाटी, 09 अक्टोबर (हि.स.)। असम प्रदेश कङ्ग्रेस कमिटीका पूर्व अध्यक्ष तथा भाजपाका विधायक भूपेन बोराले कङ्ग्रेस नेता, सांसद एवं असम प्रदेश कङ्ग्रेसका अध्यक्ष गौरव गोगोईलाई नगाउँ लोकसभा उपचुनाउको परिणामलाई लिएर लक्षित गरेका छन्। चुनावी नतिजामाथि प्रतिक्रिया व्यक्त र्दै उनले भने, गौरव गोगोईले कङ्ग्रेसको कफिनमा अन्तिम किल ठोकेका छन्।

बोराको यस टिप्पणीपछि असमको राजनीतिमा कङ्ग्रेसको चुनावी प्रदर्शन तथा पार्टीको नेतृत्वको बारेमा बहस शुरू हुने सम्भावना छ। नगाउँ लोकसभा उपचुनाउको परिणामलाई राज्यमा कङ्ग्रेसका लागि महत्त्वपूर्ण राजनीतिक घटनाक्रम मानिँदैछ।

उपचुनाउको परिणामपछि पार्टीभित्र चुनावी रणनीति र नेतृत्वको भूमिकालाई लिएर पनि प्रश्न उठिरहेको छ। बोराको उक्त बयानलाई कङ्ग्रेसको प्रदर्शनमाथि उनको असन्तुष्टिको रूपमा हेरिएको छ। यद्यपि यस टिप्पणीमाथि गौरव गोगोईको प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande