
नयाँ दिल्ली, 01 नोभेम्बर (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धू, विधानसभा अध्यक्ष विजेन्द्र गुप्ता एवं मुख्यमन्त्री रेखा गुप्ताले आइतवार दिल्लीको स्थापना दिवसको अवसरमा सम्पूर्ण दिल्लीवासीहरूलाई हार्दिक शुभकामना दिए।
उपराज्यपाल तरनजित सिंह सन्धूले सोशल मिडिया एक्समा पोस्ट गरी भने, आफ्नो चिरस्थायी विरासतदेखि लिएर जीवन्त मिश्रित संस्कृतिसम्म दिल्लीले एकताबद्ध भारतको भावनालाई प्रतिबिम्बित गर्दछ। उनले भने, आउनुहोस्, हामी सबै मिलेर एक विकसित दिल्ली निर्माणको दिशामा काम गरौं जसमा आधुनिक विकास एवं समृद्ध सांस्कृतिक धरोहरको सुन्दर सङ्गम होस्।
विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले सोशल मिडिया एक्समा स्थापना दिवसको शुभकामना दिँदै भने, इन्द्रप्रस्थको गौरवशाली धरोहरदेखि लिएर आजको आधुनिक महानगरसम्म दिल्लीले आफ्नो ऐतिहासिक पहिचान, समृद्ध संस्कृति तथा जीवन्त परम्पराहरूलाई सदैव सम्हालेर राखेको छ। यहाँका ऐतिहासिक स्मारकहरू, कला, खानापान औ विविध लोक परम्पराहरू दिल्लीका विशिष्ट पहिचान हुन्।
दिल्लीले आफ्नो ऐतिहासिक विरासत र आधुनिक विकाससँगसँगै विकसित भारतको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए।
यसरी नै मुख्यमन्त्री रेखा गुप्ताले सोशल मिडिया एक्सको पोस्टमा भनिन्, दिल्लीको आफ्नै सुगन्ध छ, आफ्नै मनस्थिति छ..... इन्द्रप्रस्थको गौरवगाखादेखि आधुनिक भारतको आत्मसम्मानसम्म दिल्ली युगहरूको साक्षी हो, इतिहासको धरोहर एवं भविष्यका अनन्त सम्भावनाहरूको आँगन हो। उनले भनिन्, यसको माटोमा सभ्यताहरूको स्मृति छ, यमुनाका धाराहरूमा युगका कथाहरू छन्। लाल किल्लाको प्राचीरबाट राष्ट्रको गौरव प्रतिध्वनित हुन्छ भने कर्तव्य पथमा स्वतन्त्र भारतको आत्मविश्वास झल्किन्छ। कसैको बाल्यकाल यहाँ बितेको छ, कसैको सपनाको पहिलो उड़ान यहीँ भरेको छ। कोही यहाँ पुस्तौँदेखि बस्दै आएका छन्, कोही टाढाबाट आएर यहाँक भएका छन्। यो दिल्लीको सुन्दरता हो कि यहाँ हरेक बड़ो प्रेम अनि गर्वका साथमा भन्छन्, 'हामी दिल्लीवासी हौँ।'
मुख्यमन्त्रीले भनिन्, शताब्दिऔंदेखिको कथा समेटिएको यस शहरको या6ामा 1 नोभेम्बर, 1956- एउटा नयाँ अध्याय जोड़ियो जतिबेला दिल्लीलाई केन्द्रशासित प्रदेशको दर्जा प्राप्त भयो। हाम्रो सङ्कल्प छ, दिल्लीको शताब्दीऔं पुरानो पहिचान पनि अक्षुण्ण रहोस् अनि यसको भविष्य पनि भव्य बनोस्। दिल्लीको विरासत पनि संरक्षण हुनेछ, दिल्लीको विकासले नयाँ उचाइ छुने छ। हामी प्रत्येक सड़कमा समृद्धि, प्रत्येक घरमा आधुनिक सुविधा तथा प्रत्येक नागरिकको जीवनमा समृद्धि सुनिश्चित गर्नेछौँ। उनले भने, हामी दिल्लीलाई यसको गौरवशाली विगतको अनुरूप गौरवशाली भविष्य दिन जारी राख्नेछौँ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा