
गोलाघाट (असम), 1 नोभेम्बर (हि.स.)। काजीरङ्गा राष्ट्रिय उद्यानमा आज बिहान परम्परागत हात्ती पूजासितै पर्यटन वर्ष 2026-27 को हात्ती सफारी शुभारम्भ गरियो। हात्ती सफारी पर्यटकहरूलाई निकै मन पर्छ। ज्ञात रहोस्, वर्षापछि गत महिना मात्रै काजीरङ्गालाई पर्यटकको लागि खोलिएको थियो। । यस उद्यानमा जीप सफारी मात्रै चलिरहेको थियो भने अबउसो पर्यटकहरूले यहाँको हात्ती सफारी गरेर पनि आनन्द लिन सक्नेछन्।
कँहरा वन क्षेत्रको मुख्य द्वारमा रिबन काटेर वन भागको हात्ती सफारीको औपचारिक उद्घाटन काजीरङ्गाका डीएफओ अरुण विग्नेशले गरे। यसको साथै बागरी वन क्षेत्रमा निजी हात्ती सफारी पनि शुरु भएको छ। पहिलो दिन बिहान कँहरा वन क्षेत्रमा वन विभागका 10 वटा हात्ती अनि बागरी वन क्षेत्रमा 33 वटा निजी हात्ती लिएर हात्ती सफारी शुरु गरियो।
अस्ट्रेलिया, थाइल्यान्ड, बेल्जियम र इङ्ल्याण्ड सहित विभिन्न देशका विदेशी पर्यटक तथा देशका विभिन्न भागका सयौँ पर्यटकहरूले हात्तीको पिठ्युँमा सफारीको आनन्द लिइरहेको साथै काजीरङ्गाको मनमोहक प्राकृतिक सौन्दर्यको अनुभव गरिरहेको देखियो।
विशेष गरी पहिलो पटक हात्ती सफारीको अनुभव गरेर स्थानीय अनि विदेशी पर्यटकहरू मोहित भए। ज्ञात रहोस्, काजीरङ्गा एक सिङ्गे गैँडाको लागि लागि संसारभरि नै परिचित छ, यद्यपि यो निकुञ्ज अन्य जङ्गली जनावरहरूका लागि पनि आश्रयस्थल हो। यसलाई हेर्नका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरू यहाँ आउने गर्छन्।
पर्यटन वर्षको शुरुवातसँगै राज्य सरकारले आफ्नो तर्फबाट पूर्ण तयारी गरेको छ। अर्कोतिर काजीरङ्गा पार्क व्यवस्थापन, टुर अपरेटर, टुर गाइडसहित यससँग सम्बन्धित सबैले पर्यटकहरूको हेरचाह गर्नको लागि सबै आवश्यक तयारी पूरा गरिसकेका छन्। निकुञ्जमा पर्यटकहरूको आगमन हुन थालेपछि टुर अपरेटरहरू, टुर गाइडहरू, स्थानीय पसल मालिकहरू, होटल व्यवसायीहरू आदि सबैको मुहारमा मुस्कान छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा