सिक्किम पुलिसका निरीक्षक सिलाश तामाङलाई केन्द्रिय गृहमन्त्री दक्षता पदक २०२६
सिक्किम पुलिसका निरीक्षक सिलाश तामाङ


गान्तोक, 01 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पुलिसका निरीक्षक सिलाश तामाङलाई अनुसन्धान विधामा प्रतिष्ठित ‘केन्द्रिय गृहमन्त्री दक्षता पदक २०२६’ का लागि चयन गरिएकोमा हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत यस सम्मानले निरीक्षक तामाङको समर्पण, व्यावसायिक दक्षता तथा आपराधिक अनुसन्धानमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गरेको बताएका छन्। विशेषगरी गेजिङका थाना प्रभारीका रूपमा कार्यरत रहँदा उनले महत्त्वपूर्ण आपराधिक घटनाहरूको अनुसन्धानमा देखाएको लगनशीलता र प्रतिबद्धताले पुलिस सेवाको जिम्मेवारी तथा न्याय सुनिश्चित गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

मुख्यमन्त्री तामाङले निरीक्षक तामाङलाई आगामी सेवाकार्यका लागि शुभकामना दिँदै उनको समर्पण र इमानदारीले अन्य पुलिसकर्मीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande