असमको मार्घेरिटामा चितुवाका दुई वटा बच्चा उद्धार, विशेष हेरचाहमा राखिएको छ
The image shared by Assam Forest Minister Jayanta Mallabarua.


तिनसुकिया (असम), 01 नोभेम्बर (हि.स.)। असमको तिनसुकिया जिल्लाको मार्घेरिटामा आवासीय क्षेत्र नजिकै वन विभागले चितुवाका दुई वटा बच्चाहरूलाई उद्धार गरेको छ। आमाबाट अलग्गिएका यी दुई बच्चाहरूलाई हाल विशेषज्ञको हेरचाहमा राखिएकोछ।

असमका वनमन्त्री जयन्त मालाबारुआले आइतवार सामाजिक सञ्जालमा जानकारी साझा गर्दै वन्यजन्तु संरक्षण एवं मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धनका लागि सरकारको प्रतिबद्धता व्यक्त गरे।

उनले बताए, नर र मादा बच्चाहरूको उमेर लगभग दुईदेखि तीन महिना रहेको छ। यस हप्ता वन विभागको टोलीले उनीहरूलाई डिगबोई फरेस्ट डिभिजन अन्तर्गत मार्घेरिटा इस्ट रेञ्जबाट उद्धार गरेको थियो।

यसअघि सोही क्षेत्रमा एउटा वयस्क महिला चितुवा देखिएको थियो जसलाई पछि दिहिङ्ग पटकाई राष्ट्रिय निकुञ्जमा छोड़ियो। वन अधिकारीहरूलाई शङ्का लागेको थियो कि त्यै नै यी बच्चाहरूको आमा हुन सक्छ। त्यसपछि दुई बच्चाहरूलाई आमासँग पुनर्मिलन गराउने प्रयास गरियो, तर यो प्रयास असफल भयो।

हाल दुवै बच्चाहरू आईएफएडब्ल्यू-डब्ल्युटीआई मोबाइल भेटरनरी सर्भिस यूनिट-इस्टर्न असम (एमभीएस-ईए)- को हेरचाहमा छन्। यूनिटले असम वन विभागसँग समन्वय गरिरहेको छ भने आश्रयहस्त ट्रस्टको सहयोग पनि प्राप्त छ।

वनमन्त्रीले भने, बच्चाहरूलाई विशेष हेरचाह र उचित वन्यजन्तु व्यवस्थापनको खाँचो छ। उनले मानिसहरूसित वन्यजन्तुको उपस्थिति थाहा लागे तत्कालै वन विभागलाई सूचित गर्न र जङ्गली जनावरहरूसँग अनावश्यक छेड़छाड़ गर्नबाट जोगिन मानिसहरूलाई अपील गरे।

उनले भने, वन्यजन्तुहरूको रक्षा वन अधिकारी र संरक्षणकर्मीहरूको मात्र जिम्मेवारी होइन, समाजको सामूहिक जिम्मेवारी पनि हो। मानव एवं वन्यजन्तुबीच सुरक्षित सहअस्तित्व सुनिश्चित गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande