
बिकानेर, 11 नोभेम्बर (हि.स.)। खेतमा बनिएको पानीको डिग्गी बुधवार एउटा परिवारको लागि मृत्युको कुवा साबित भयो। खुट्टा चिप्लेर 14 वर्षीया किशोरी डिग्गीमा पसिन् जसलाई बचाउनका लागि एकपछि अर्को गर्दै तीन जना दाज्युहरू पनि पानीमा पसे, तर कोही पनि फर्केर आएनन्। डुबेर चारै जनाको मृत्यु भएको छ। छत्तरगढ़ पुलिस थाना क्षेत्र अन्तर्गत आवा गाउँको चक 9 एडब्लुएममा बुधवार दिउँसो यो दुर्घटना भएको हो।
खाजुवाला सीओ विजयपाल यादव अनुसार 14 वर्षीया पूजाको खुट्टा अचानक चिप्लिएर तिनी खेतमा बनेको पानीको डिग्गीमा पसिन्। पूजालाई डुबेको देखेर परिवारका तीनै जना युवकहरू उनलाई बचाउन डुगीमा पसे। पानी धेरै गहिरो भएकाले उनीहरू पनि डुबे। दुर्घटनामा चारै जनाको मृत्यु भयो।
दुर्घटनामा रमेश नायकका तीन सन्तानको ज्यान गएको छ। मृतकको पहिचान 18 वर्षीय मुकेश, 16 वर्षीय मनोज र 14 वर्षीया पूजाको रूपमा भएको छ। उनीहरू बाहेक परिवारका 21 वर्षीय भतिजा निर्मल नायक पनि डुबेर मरे।
एउटै परिवारका चार जनाको मृत्युले गाउँमा शोकको लहर फैलिएको छ।
घटनाको खबर पाएपछि एएसपी दिनेश कुमार, सीओ अरुण कुमार, बीडीओ राधे श्याम शर्मा र थानाध्यक्ष इन्स्पेक्टर सत्येन्द्र कुमार पुलिस बल र पीएसी लिएर गाउँमा पुगे। खाजुवाला सीओ विजयपाल यादव पनि घटनास्थलमा पुगे। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन अनुसन्धान शुरु गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा