
गोलाघाट (असम), 12 नोभेम्बर (हि.स.)। असमको गोलाघाट जिल्लाको बोकाखातमा अफ्रिकी स्वाइन फिभर (एएसएफ)-को सङ्क्रमण फैलिएको कारणले चिन्ता बढ़ाएको छ। सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रशासनले बोकाखातको 10 किलोमीटरको परिधिभित्र सुँगुरको मासु बिक्री गर्नमाथि प्रतिबन्ध लगाएको छ।
प्रशासनको आदेश बिहीवारदेखि लागू भएको छ। यस क्षेत्रमा 10 किलोमीटरको दायराभित्र अब सुँगुरको मासु बिक्री गर्न सकिँदैन।
सङ्क्रमणलाई अझ फैलिनदेखि रोक्न तथा प्रभावित क्षेत्रमा सावधानी अपनाउन यो निर्णय गरिएको हो।
--------
/ बिशाल