कश्मीर भारतको हिस्सा थियो, छ र सधैँ रहनेछः फारुख अब्दुल्लाह
कश्मीर भारतको हिस्सा थियो, छ र सधैँ रहनेछः फारुख अब्दुल्लाह


श्रीनगर 12 नोभेम्बर (हि.स.)। किश्तवाड़मा दुई विशेष पुलिस अधिकारी (एसपीओ)-हरूको हत्या सहित जम्मू-कश्मीरमा भएका केही सुरक्षा घटनाहरूबीच जम्मू-कश्मीर नेशनल कन्फ्रेन्सका अध्यक्ष फारुख अब्दुल्लाले बिहीवार पाकिस्तानलाई आतङ्कवाद अन्त्य गर्न र बाँकी मुद्दाहरूको समाधान गर्नका लागि वार्ताको विकल्प रोज्ने आह्वान गरे।।

अब्दुल्लाले भने, मानिसहरू आतङ्कवाददेखि डराउनु हुँदैन। कश्मीर भारतको हिस्सा थियो, छ र सधैँ रहनेछ भन्ने कुरा पनि उनले दोहोऱ्याए। उनले वार्ता र क्षेत्रीय सहयोगलाई सहज बनाउनको लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)- लाई पुनर्जीवित गर्नुपर्ने कुरामाथि जोड़ दिए। उनले भने, आतङ्कवाद छ, तर हामी यसबाट डराउनु हुँदैन।

उनले भने, मैले सदैव पाकिस्तानलाई भन्दै आएको छु कि आतङ्कवादलाई अन्त्य गर्नुहोस्, आतङ्कवादले कतै पनि पुऱ्याउँदैन। सम्वादको मार्ग चयन गर्नुहोस्, त्यो समाधान खोज्ने एक मात्र तरिका हो। हामी कुनै समय एउटै राष्ट्रका अङ्ग थियौँ .......... हामीले सार्कलाई पुनर्जीवित गर्नुपर्छ ताकि हामी सबै सँगै बस्न सकौ, आफ्ना समस्याहरू समाधान गर्न सकौं र प्रगतिको दिशामा अघि बढ्न सकौं।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande