
शिवसागर (असम),12 नोभेम्बर (हि.स.)। नागाल्याण्डबाट ढुङ्गा आयात गर्ने अनुमतिको माग गर्दै शिवसागर जिल्लामा बिहीवार सयौँ मानिसहरूले विरोध प्रदर्शन गरे।
श्रमिक, चालक रएवं स-साना व्यवसायीहरूले एकजुट भएर प्रदर्शनमा सामेल भए। प्रदर्शनकारीहरूले ढुङ्गाहरू ढुवानी गर्नको लागि आवश्यक सड़क अनुमति (रोड परमिट) जारी गर्ने माग गरे।
प्रदर्शनकारीहरूले आरोप लगाे, नागाल्याण्डबाट ढुङ्गाको आपूर्ति अनि ओसारपसार बन्द भएको कारणले ठूलो सङ्ख्यामा मानिसहरूको जीविकोपार्जन सङ्कटमा परेको छ। ढुङ्गाको खानीमा काम गर्ने मजदुर, चालक र साना व्यापारीहरूको आय प्रभावित भएको छ। ।
उनीहरूले नागाल्याण्डबाट ढुङ्गाको आपूर्ति पुनः शुरु गर्न र यससँग सम्बन्धित मानिसहरूको जीविकोपार्जनलाई पुनर्स्थापित गर्न सकेसम्म चाँडो सड़क यातायातलाई अनुमति दिने प्रशासनसँग माग गरे।
--------
/ बिशाल