गुवाहाटीमा  26 देखि 29 नोभेम्बरसम्म 24 औँ भागवत नाम सङ्कीर्तन मेला आयोजना हुने
Image of the Guwahati Balaji Temple.


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। गुवाहाटीको गोरचुकस्थित पूर्व तिरूपति श्री बालाजी मन्दिरमा आगामी 26 देखि 29 नोभेम्बरसम्म 24औँ वार्षिक भागवत नाम संकीर्तन मेला आयोजना हुनेछ। चेन्नईको भगवान नाम प्रचार मण्डली (बीएनपीएम.)-द्वारा आयोजित यस आध्यात्मिक कार्यक्रमलाई काँची कामकोटि पीठका परम पूज्य श्री श्री शङ्कराचार्य स्वामीगलको दिव्य आशीर्वाद प्राप्त छ। मेलाको उद्देश्य भगवानको पवित्र नामको प्रचार गर्नु हो।

मेला उद्घाटन हुनअघि नोभेम्बर 25- मा माँ कामाख्या मन्दिर परिसरमा श्री दश महाविद्या होमको आयोजना गरिनेछ।

26 देखि 28 नोभेम्बरसम्म प्रत्येक बिहान तोडया मङ्गलम, गुरु कीर्तन, अष्टपदीको साथमा कार्यक्रमहरू शुरु हुनेछन्। यसपछि तरङ्गम, पञ्चपदी र ध्यानको आयोजना गरिनेछ। साँझमा पूजा, दिव्य नाम संकीर्तन र डोलोत्सव आयोजना हुनेछ।

मेलाको समापनको दिन 29 नोभेम्बरमा उजवृत्ति तथा नाम संकीर्तनपछि श्री राधा कल्याणको आयोजनाा हुनेछ जसलाई मुरलीधरन भागवतारले सम्पन्न गर्नेछन्। त्यसपछि अञ्जनेय उत्सव आयोजना हुनेछ।

भगवान नाम प्रचार मण्डलीका संस्थापक न्यासी गोपी भागवतार र पूर्वी तिरुपति श्री बालाजी सेवा समितिका न्यासी तथा उपाध्यक्ष डा. के बालासुब्रमण्यमले आज यहाँ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, प्रभुको पवित्र नाममा भाषा, क्षेत्र एवं परम्परादेखि बाहिर मानिसहरूको हृदयलाई जोड्ने शक्ति हुन्छ। उनले असम र पूर्वोत्तरका भक्तहरूलाई मेलामा सामेल भएर सतगुरुनाथल र भागवतहरूको आशीर्वाद लिन आह्वान गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande