पश्चिम बङ्गाल नामको अनुवाद गर्न आवश्यक छैनः दिलीप घोष
कैबिनेट मंत्री दिलीप घोष


कोलकाता, 24 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल सरकारले आगामी वर्षदेखि शिक्षित बेरोजगार युवाहरूलाई बेरोजगारी भत्ता प्रदान गर्न गइरहेको छ। मङ्गलवार सो खुलासा गर्दै राज्यमन्त्री दिलीप घोषले बताए, स्नातक र स्नातकोत्तर उत्तीर्ण बेरोजगार युवाहरूलाई प्रतिमहिना डेढ़ हजारर दुई हजार रुपियाँ दिइनेछ।

मङ्गलवार बिहान कोलकातामा पत्रकारहरूसँग बातचित गर्दै दिलीप घोषले राज्यको नाम परिवर्तन गर्ने विषयमा पनि आफ्नो मन्तव्य राखे। उनले भने, पश्चिम बङ्गाल यस्तो कुनै नाम होइन जसको अनुवाद गर्नुपर्छ। सामान्यतया संसारको कुनै पनि ठाउँमा नामहरूको अनुवाद गरिँदैनन्। अङ्ग्रेजहरूले भारतमा यो परम्पराको थालनी गरेका थिए। त्यसैबेला भारतको नाम परिवर्तन गरी इण्डिया बनाइएको थियो।

राज्य सरकारको चुनावी वाचाको उल्लेख गर्दै मन्त्रीले भने, उनको पार्टीले चुनावी घोषणापत्रमा गरिएका सबै वाचाहरूलाई पूरा गरेको छ। ।केही काम आर्थिक अवरोधका कारण पहिले पूरा हुन सकेनको थिएन। अब मन्त्रीपरिषद्ले बेरोजगार युवाहरूलाई भत्ता दिने निर्णय गरेको छ। यस अन्तर्गत आगामी वर्षदेखि स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका बेरोजगार युवाहरूलाई प्रतिमहिना डेढ़ हजारर दुई हजार रुपियाँ दिइनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande