कानमा ब्लूटूथ ईयरफोन लगाएर रूखमा झुण्डिएको विद्यार्थीको शव भेटियो
सांकेतिक छवि


कोलकाता, 25 नोभेम्बर (हि.स.)। महानगर कोलकाताको राजारहाट क्षेत्रमा एकजना विद्यार्थीको शव रूखमा झुण्डिरहेको अवस्थामा फेला परेको छ। मृतकको कानमा ब्लूटूथ ईयरफोन लगाएको थियो भने उसको नजिकै मोबाइल फोन भेटिएको छ। मृतक विद्यार्थीको पूर्व मेदिनीपुर जिल्लाको पटाशपुर निवासी बर्शन जानाका रूपमा पहिचान गरिएको छ।

पुलिस अनुसार उनी राजारहाटको कालिकापुरस्थित आठघरा क्षेत्रमा एउटा बगैँचा भाडा़मा बस्थे। दुई दिनअघि उनको एकजना साथी उनलाई भेट्न आएका थिए। मङ्गलवार राती दुवैजना एउटै कोठामा सुतिरहेका थिए। शव बरामद हुँदा विद्यार्थीको कानमा ब्लूटूथ ईयरफोन थियो। उनको मोबाइल फोन पनि नजिकै फेला परेको छ।

प्राप्त जानकारी अनुसार बुधवार बिहान साथी उठ्दा कोठाको ढोका बाहिरबाट बन्द थियो। उनले नजिकैको एकजना व्यक्तिलाई बोलाए। घटनास्थलमा पुगेपछि विद्यार्थीको शव बगानबारी क्याम्पसको रूखमा झुण्डिरहेको देखियो। सूचना पाएपछि राजारहाट पुलिस स्टेशनबाट पुलिस घटनास्थलमा पुग्यो अनि ढोका खोलेर शवलाई तल झाऱ्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

पुलिस अनुसार उनको कल लिस्टको जाँच भइरहेको छ। यस मामिलामा उनीसँग रहेका विद्यार्थीको साथीलाई पनि सोधपुछ भइरहेको छ। पुलिसले मृतकको परिवारलाई जानकारी दिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande