यातायात विभागले पिकनिकको सन्दर्भमा कड़ा कदम उठायो
यातायात विभागले पिकनिकको सन्दर्भमा कड़ा कदम उठायो


बोङ्गाईगाउँ (असम), 28 नोभेम्बर (हि.स.)। नयाँ वर्षको अवसरमा हरेक वर्ष नै राज्यभरि पिकनिकलाई लिएर ठूलो उत्साह देखिन्छ। यस अवधिभरि सड़क दुर्घटनाहरूमा व्यापक वृद्धि देखिन्छ। तर यसपालि यातायात विभागले पिकनिकको परिप्रेक्ष्यमा कड़ा व्यवस्था गरेको छ। यस पटक पिकनिक जानअघि दुईपटक सोच्नु पर्नेछ। किनभने यातायात विभागले पिकनिकको लागि कड़ा निर्देश जारी गरेको छ।

यातायात मन्त्री चरण बोरोले पिकनिकको लागि उठाइएका कदमहरूको घोषणा गरेका छन् जसलाई लिएर सर्वसाधारण मानिसहरूले यातायात मन्त्रीको पक्षमा प्रतिक्रिया व्यक्त गरिरहेका छन्। साथै राष्ट्रिय राजमार्गमा रहेका खाल्डोहरूलाई ठिक गर्न पनि जनताले मन्त्रीसित अपील गरेका छन्।

यसपालि अनुमति बिना कोही पनि पिकनिक जान पाउने छैनन्। पहिला यातायात विभागको अनलाइन पोर्टलमा आवेदन गर्नुपर्ने हुन्छ। प्रशासनबाट अनुमति पाएपछि मात्रै पिकनिक टूर शुरु गर्न सकिन्छ। बिहान 7 बजीअघि पिकनिक यात्रालाई पूर्ण रूपमा निषेध गरिएको यातायात मन्त्री चरण बोरोले जानकारी दिएका छन्।

राती पिकनिकमा जान निषेध गरिएको छ। मन्त्री भन्छन्, पिकनिकको लागि यसवर्ष टाढ़ा होइन नजिकैको पिकनिक स्पटमा जानुपर्छ। यदि कारमा फिटनेस, बीमा, पीयूसी छैन भने अनुमति दिइने छैन। वाहनमा पाँचभन्दा बढ़ी मानिसहरू छन् भने अनुमति लिन अनिवार्य छ।

हालै काजीरङ्गाको राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा 26 जनाको मृत्यु भएपछि राज्य सरकारले यो कड़ा निर्णय गरेको हो। तसर्थ पिकनिकको योजना बनाउनअघि पोर्टलमा आवेदन दिनुपर्छ, अनुमति लिनुपर्छ, त्यसपछि मात्र यात्रा गर्न सकिन्छ। यातायात मन्त्री चरण बोरोले यो घोषणा गरेका हुन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande