
कोलकाता, 28 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए शुक्रवार साँझ न्यू टाउनको कन्भेन्शन सेन्टरमा राज्यका निजी विद्यालयहरूका प्रतिनिधिहरूसँग आयोजित एक विचार-विमर्श बैठकमा भाग लिए। बैठकमा राज्यको विद्यालयी शिक्षा व्यवस्थालाई स्तरीय बनाउने, शिक्षाको गुणस्तर बढाउने, पारदर्शिता सुनिश्चित गर्ने र समावेशी शिक्षा प्रणाली विकासित गर्नेसित सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा चर्चा भयो।
कार्यक्रममा उपस्थित शुभेन्दु अधिकारीले भने, पश्चिम बङ्गालमा विद्यालयी शिक्षाको गुणस्तरमा सुधार, प्रणालीमा पारदर्शिता एवं सबैका लागि समावेशी शिक्षा सुनिश्चित गर्नु जस्ता महत्त्वपूर्ण उद्देश्य छ। यस दिशामा निजी विद्यालयका प्रतिनिधिहरूसँग विभिन्न विषयमा विचारहरू आदान-प्रदान गरियो।
उनले भने, सबैको सामूहिक प्रयास र सहयोगबाटै पश्चिम बङ्गालको शिक्षा प्रणालीको समग्र विकास सुनिश्चित गर्ने दिशामा काम गरिनेछ। बैठकमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षबारे प्रतिनिधिहरूको सुझाउ र विचारहरूलाई पनि महत्त्व दिइयो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा