


झाड़ग्राम, 04 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा झाड़ग्राम जिल्लाको कालाबानी क्षेत्रमा राज्य सड़क- 5 मा बुधवार बिहान यात्रु बस र लरीबीच भिड़न्त भयो। यस दुर्घटनामा दुवै वाहन चालकहरू गम्भीर रूपमा घाइते भए भने बसमा रहेका अन्य धेरैजना यात्रुहरू पनि घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार बुधवार बिहान करिब 7ः30 बजे झाड़ग्रामबाट दिघातर्फ गइरहेको पेखम नामको यात्रु बस अगाडिबाट आइरहेको मालवाहक लरीसँग ठोक्किएर दुर्घटनाग्रस्त भयो। ठक्करको प्रभाव यस्तो भयानक थियो कि दुवै वाहनका चालकहरू गम्भीर रूपमा घाइते भए। बसमा रहेका अन्य यात्रुहरू पनि घाइते भए।
दुर्घटनाको सूचना पाएपछि झाड़ग्राम पुलिस घटनास्थलमा पुग्यो। पुलिस र उद्धार टोलीले स्थानीयहरूको सहयोगमा घाइतेहरूलाई वाहनबाट बाहिर निकाले। सबै घाइतेहरूलाई उपचारका लागि झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा लगियो।
यस दुर्घटनाको कारणले राज्य सड़क- 5 मा लामो समयसम्म यातायात प्रभावित भएको थियो। सड़कमा सवारी साधनको आवागमन अवरुद्ध भएपछि यात्रु एवं स्थानीय मानिसहरूलाई निकै कठिनाइको सामना गर्नु परेको थियो। घटनापछि यस क्षेत्रमा खैलाबैला मच्चियो। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा