
नयाँ दिल्ली, 05 नोभेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा) ले दिल्लीको चावड़ी बजारमा निर्माणाधिन तीन तले भवन भत्किएपछि अवशेषहरूमा दबिएर दुई जना मानिसहरूको मृत्यु भएको घटनालाई लिएर चिन्ता व्यक्त गरेको छ। पार्टीले यस घटनाको सन्दर्भमा दिल्ली सरकारमाथि भ्रष्टाचार गरेको आरोप लगायो।
आआपा दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले बिहीवार सोशल मिडिया प्लेटफर्म एक्समा एउटा भिडियो जारी गर्दै दिल्ली सरकारमाथि प्रश्न उठाए, मुख्यमन्त्री रेखा गुप्ता र एमसीडीद्वारा दिल्लीका भवनहरूको केही सुरक्षा अडिट गराइएको भए पनि दुर्घटनाहरू किन भइरहेका छन्? उनले आरोप लगाए, सुरक्षा अडिटको नाममा केही विभागले बारम्बार घूस असुली गरेको कारणले हरेक महिना भवन भत्किरहेको छ।
आआपका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले आरोप लगाए, दिल्लीमा सुरक्षा अडिटको नाममा अवैध असुली माात्र भइरहेको छ जबकि अवैध निर्माणविरूद्ध कुनै ठोस कारबाही भइरहेको छैन।
एमसीडीमा नेता प्रतिपक्ष अङ्कुश नारङ्गले पनि चावड़ी बजारमा तीन तले निर्माणाधिन भवन दुर्घटनामाथि प्रतिक्रिया व्यक्त गरे। उनले भने, चावड़ी बजार मेट्रो स्टेशन सामु गली सितारामा भवन अचानक भत्किनु चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो। अवशेषहरूमा केही मानिसहरू दबिएको आशङ्का छ।
अङ्कुश नारङ्गले आरोप लगाए, दिल्लीमा हिजोआज भवनहरू भत्किरहेका छन् जसबाट मानिसहरूको ज्यानमाथि जोखिम मड़ारिरहेको छ। तर दिल्ली सरकार र एमसीडी भ्रष्टाचारमै व्यस्त छन्। उनले प्रश्न उठाए, अवैध निर्माण औ भ्रष्टाचारमाथि लगाम लगाउने जिम्मेवारी आखिर कसको हो?
उनले दिल्ली सरकारसित दुर्घटनाको उच्चस्तरीय जाँच गराउने, राहत एवं बचाउ कार्यमा तीव्रता ल्याउने तथा दोषी अधिकारीहरू र जिम्मेवार मानिसहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरे। उनले भने, दिल्लीका जनताको ज्यानसित खेलबाड़ गर्न बन्द हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा