बाघडोगरा एफसी नयाँ कमानमा भइरहेको फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश
बाघडोगरा एफसी नयाँ कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश


खरसाङ, 08 नोभेम्बर (हि.स.)। बागडोगरा एफसी तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरन क्लबको आयोजनामा भइरहेको नगराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्न सफल भएको छ। आज भएको दोस्रो सेमिफाइनल खेल सिलिम हिल एफसी र बाघडोगरा एफसीमाझ सम्पन्न भएको थियो।

उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो भने दोस्रो हाफको खेलमा सिलिम हिलको तर्फबाट जर्सी नम्बर 14 अंकित तामाङले गोल गरेर बढत बनाएका थिए। तर, बागडोगरा एफसीको तर्फबाट जर्सी नम्बर 7 करण राईले गोल गरेर खेल बराबरीमा ल्याए। उनले नै फेरि लगातार 2 गोल गरे। करण राईको ह्याट्रिकको दममा बाघडोगरा एफसी 3-1 को अन्तरले सजिलै जितेर फाइनलमा प्रवेश गर्न सफल बन्यो।

यस अवसरमा प्रमुख अतिथिको रुपमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङ उपस्थित थिए। यस खेलमा म्यान अफ् द म्याच बाघडोगरा एफसीको खेलाडी जर्सी नम्बर 7 करण राईलाई मुख्य अतिथि निर्मल गुरुङको बाहुलीबाट ट्रफी प्रदान गरिएको छ। अब फाइनलमा उपाधिको लागि बाघडोगरा एफसीको भीडन्त नर्थ बेंगाल एफसीसित हुने भएको छ। पहिलो सेमी फाइनलमा नर्थ बेंगाल एफसीले ताराबारी एफसीलाई 2-0 को अन्तरले जितेर पहिले नै फाइनलमा प्रवेश गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande