भाइको धक्काले अर्का भाइको मृत्यु, आरोपी पक्राउ
जांच करती पुलिस


नवादा, ०८ नोभेम्बर (हि.स.)। बिहारको नवादा जिल्ला स्थित पकरीबरावाँ प्रखण्डको बलियारी गाउँमा आइतवार आपसी विवाद समाधानका लागि भइरहेको पञ्चायतीका क्रममा एक भाइले अर्का भाइलाई धक्का दिँदा उनको मृत्यु भएको छ।

पञ्चायतीका क्रममा अनिल प्रजापतिले आफ्ना सहोदर भाइ नन्दलाल प्रजापतिलाई धक्का दिएको आरोप छ। धक्का लागेपछि नन्दलाल बेहोस भएर ढलेका थिए।

परिवारका सदस्यहरूले उनलाई तत्काल नवादा सदर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरे।

घटनापछि गाउँमा तनाव फैलियो। मृतककी पत्नी गायत्री देवीले पुलिसमा दिएको उजुरीमा अनिलले आफ्ना पतिलाई धक्का दिएको आरोप लगाएकी छन्।

घटनाबाट आक्रोशित गाउँलेहरूले आरोपी अनिललाई कुटपिट गर्न थालेपछि घटनास्थल पुगेको पुलिसले उनलाई नियन्त्रणमा लियो।

पकरीबरावाँ थाना प्रभारी रञ्जन चौधरीका अनुसार मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ। उजुरीका आधारमा आरोपी विरुद्ध मुद्दा दर्ता गरी उनलाई पक्राउ गरिएको छ। पुलिसले घटनाका सबै पक्षबाट अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande