आरएन रविले पश्चिम बंगालका राज्यपाल पदको शपथ लिए
शपथ ग्रहण समारोह


कोलकाता, 12 मार्च (हि.स.)। पश्चिम बंगालका नवनियुक्त राज्यपाल आरएन रविले बिहिबार यहाँ लोकभवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सुजय पालले शपथ दिलाए।शपथ ग्रहण समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जी, मुख्य सचिव नन्दिनी चक्रवर्ती, विधानसभा अध्यक्ष बिमान ब्यानर्जी र वाम मोर्चाका अध्यक्ष बिमान बोस सहित धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। शपथ ग्रहण समारोह निर्धारित समयअनुसार बिहान 11:30 बजी शुरु भएको थियो। शपथ ग्रहणअघि र पछि राष्ट्रिय गीत “वन्दे मातरम्” र राष्ट्रिय गान “जन गण मन” प्रस्तुत गरिएको थियो। शपथ लिएपछि राज्यपालले मुख्यमन्त्री र अन्य अतिथिहरूसँग औपचारिक भेटघाट गरेका थिए।उल्लेखनीय छ, तत्कालीन राज्यपाल सीवी आनन्द बोसको राजीनामापछि आरएन रविलाई पश्चिम बंगालको राज्यपाल नियुक्त गरिएको हो। यसअघि उनी तमिलनाडुका राज्यपाल थिए र बुधबार मात्रै कोलकाता पुगेका हुन्।तमिलनाडुका राज्यपालका रूपमा आफ्नो कार्यकालमा उनको राज्य सरकारसँग विभिन्न मुद्दामा मतभेद पनि देखिएको थियो। विभिन्न विधेयकहरूलाई लिएर राज्य सरकार र लोकभवनबीच टकरावको अवस्था सिर्जना भएको थियो।पूर्व राज्यपाल आनन्द बोसको अचानक राजीनामाबारे मुख्यमन्त्री ममता ब्यानर्जीले प्रश्न उठाउँदै आफूलाई राजीनामाको कारणबारे जानकारी नभएको बताएकी थिइन्। उनले विधानसभा चुनाउअघि देखिएको परिस्थितिका कारण यस घटनाक्रमले धेरै प्रश्न उठाएको पनि उल्लेख गरेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande