
कुचबिहार, 15 अप्रेल (हि.स.)। यसै वर्षको गत जनवरीमा सिलगढ़ीमा आयोजित एक कार्यक्रमबाट मुख्यमन्त्री ममता ब्यनर्जीले 6 वटा अत्याधुनिक स्लीपर भोल्भो बसहरूको भर्चुअली उद्घाटन ग रेकी थिइन्। तर आज लगभग चार महिना बितिसक्दा पनि यी बसहरू सड़कमा गुड़्न सकेका छैनन्। उद्घाटन भइसकेका बसहरूको संचालनमा भइरहेको ढिल्याईलाई लिएर प्रश्न उठिरहेको छ।
आरोप छ, उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)- को लापरवाहीले गर्दा कड़ोरौं रुपियाँका यी बसहरूले धूलो चाटिरहेका छन्। लामो दूरत्वका यात्रीहरूलाई श्रेष्ठ तथा आरामदायक सेवाको प्रतीक्षा छ, तर हाल उनीहरूलाई आश्वासन मात्र प्राप्त भइरहेको छ।
यस मामिलामा एनबीएसटीसीका म्यानेजिंग डाइरेक्टर दीपंकर पिपलाईले भने, स्पीलर भोल्भो बसहरूको भाड़ा अहिले तय भएको छैन। साथै बसहरूको लागि बेडशीट, सिरानी तथा कम्बल जस्ता सुविधाहरूको अर्डर दिइएको छ। उनले आशा व्यक्त गरे, चाँड़ै बसहरूलाई संचालनमा ल्याइनेछ।
यी बसहरूलाई कुचबिहार, अलिपुरद्वार औ सिलगढ़ीदेखि कोलकातासम्म संचालन गर्ने योजना थियो ताकि यात्रीहरूलाई आरामदायक तथा लग्जरी यात्राको अनुभव प्राप्त हुन सकोस्। तर प्रतिकिलोमीटर तय भएको कारणले ममिला अड़्किएको छ।
यात्रीहरूको मान्यता छ, निजी बसहरूसित प्रतिस्पर्धा गर्दै भाड़ालाई सन्तुलित लाख्नु निगमको लागि ठूलो चुनौती भएको छ। हाल बसहरू कुचबिहारको सेन्ट्रल बस टर्मिनल र सिलगढ़ीमा राखिएको छ। भाड़ा कहिले तय हुने हो साथै आवश्यक सुविधा कहिले पूरा हुने हो, त्यो स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा