भाजपाका घटक दलहरुलाई लिएर चुनावी सभा सम्पन्न
भाजपाको घटक दलहरुलाई लिएर चुनावी सभा सम्पन्न


तीनधारे, 15 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को तीनधारे महानदी समष्टिका घटक दलहरुलाई लिएर तीनधारेस्थित स्मृति वनमा एक चुनावी सभा आयोजन गरियो। आगामी विधानसभा चुनाउलाई केन्द्र गरी आयोजना गरिएको यस सभाको अध्यक्षता स्थानीय सनतचन्द्र लोहारले गरेका थिए। सभामा गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिका सचिव सुरेशचन्द्र दर्नाल, भाजपाका पन्चायत सदस्यहरू महेश छेत्री, अजय विश्वकर्मा, सुस्मिता गजमेर र सुनिता खातीको आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande