जालुकबाड़ीमा भाजपा कार्यकर्ताहरूमाथि हमला, चारजना घाइते
जालुकबाड़ीमा भाजपा कार्यकर्ताहरूमाथि हमला, चारजना घाइते


गुवाहाटी, 02 अप्रेल (हि.स.)। गुवाहाटीको जालुकबाड़ी विधानसभा क्षेत्र अन्तर्गत माली गाउँमा कथित रूपमा कंग्रेस कार्यकर्ताहरूद्वारा भाजपा समर्थकहरूमाथि हमला गरिएको घटनाले स्थिति तनाउपूर्ण भएको छ। यस घटनामा चारजना भाजपा समर्थकहरू घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार जालुकबाड़ी क्षेत्र अन्तर्गत माली गाउँमा कुनै कुरामा विवाद भइरहेको थियो। यसै अवधि कंग्रेस कार्यकर्ताहरूको एक समूहले भाजपा कार्यकर्ताहरूमाथि कुटपिट गऱ्यो। यस झड़पमा न्यूनतम चारजना मानिसहरू घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ। घाइतेहरूको अवस्था हाल स्थिर रहेको बताइएको छ। पुलिस अनुसार स्थिति अब नियन्त्रणमा छ र मामिलाको जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande