चुनाउ 26ः भाजपा प्रत्याशी रामाप्रसाद गिरीले गरे केही घोषणाहरू
चुनाउ 26ः भाजपा प्रत्याशी रामाप्रसाद गिरीले गरे केही घोषणाहरू


पश्चिम मेदिनीपुर, 02 अप्रेल (हि.स.)। विधानसभा चुनाउलाई केन्द्र गर्दै केही विकाकसमूलक तथा जनकल्याणकारी वाचाहरूको साथमा नारायणगढ़ विधानसबाबाट भाजपा प्रत्यासी रामप्रसाद गिरीले चुनावी प्रचारको स्वरूप तय गरेका छन्। गए बुधवार अबेर साँझ बेलदास्थित पार्टीको चुनावी कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा उनले आफ्नो भिजन र योजनाहरूको घोषणा गरे।

प्रेस वार्तामा रमाप्रसाद गिरीले मुख्य रूपमाा बुनियादी ढाँचा, स्वास्थ्य एवं आर्थिक सहायतामाथि विशेष बल दिए। क्षेत्रको यातायात समस्याको स्थायी समाधानको लागि उनले बेलदा-केशियाड़ी मोड़मा एउटा नयाँ ओभरब्रिज र अण्डरपास निर्माण गर्ने वाचा गरे।साथै बेलदाका मानिसहरूको दीर्घकालीक माग- बेलदा रेलवे स्टेशनमा केही महत्वपूर्ण ट्रेनहरूको स्टोपेजको व्यवस्था गराउने आश्वासन पनि दिए।

आर्थिक विकासको मुद्दामा उनले भने, यदि उनको सरकार सत्तामा आयो भने आवास योजना अन्तर्गत घर बनाउनको लागि 3 लाक रुपियाँ सहयोग राशि दिइनेछ। महिलाहरूको लागि प्रतिमहिना 3 हजार रुपियाँ अनि बेरोजगार युवाहरूको लागि 6 हजार रुपियाँ मासिक बतता दिने घोषणा समेत उनले गरे। यस अतिरिक्त क्षेत्रका शिक्षित युवाहरूको लागि रोजगारको नयाँ अवसर सृजना गर्ने कुरा उने राखे।

उनले विधानसभा क्षेत्रका सबै ग्रामीण सड़कहरूको विकास र आधुनिकीकरण गर्ने बरोसा पनि दिलाए। राजनीतिक विशेलेषकहरू अनुसार सामाजिक तथा आधारबूत ढाँचासित जोड़िएका यी वाचाहरूको माध्यमबाट जनताको समर्थन हासिल गर्नु नै हाल उम्मेद्वारको मुख्य लक्ष्य हो।

पत्रकार सम्मेलनमा भाजपा प्रत्याशी सहित पार्टीका स्थानीय नेता एवं कार्यकर्ताहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande