मणिपुरमा तीन घण्टामा दुई पल्ट आयो भूकम्प
भूकम्प


इम्फाल, 21 अप्रेल (हि.स.)। मंगलवार बिहान मणिपुरमा तीन घण्टाको अन्तरालमा दुई भूकम्पका झट्का महसूस गरिएका छन्। पहिलो भूकम्प बिहान 05 बजेर 59 मिनट 33 सेकण्ड एवं दोस्रो झटका बिहान 09 बजेर 03 मिनट 25 सेकण्डमा महसूस गरियो।

भारतीय भूकम्प विज्ञान केन्द्र अनुसार, भूकम्पको तीव्रता रेक्टर स्केलमा 5.2 र 3.3 मापियो। पहिलो भूकम्प मणिपुरको कामजोङ जिल्लामा लगभग 62 किलोमिटर गहिराइमा आएको थियो। भूकम्पको केन्द्र 24.703 उत्तर अक्षांश र 94.415 पूर्वी देशान्तरमा रेकर्ड गरियो। दोस्रो भूकम्प मणिपुरको कामजोङ जिल्लामा लगभग 56 किलोमिटर गहिराइमा आएको थियो, जसको केन्द्र 24.737 उत्तर अक्षांश र 94.185 पूर्वी देशान्तरमा रहेको थियो।

भूकम्प महसुस हुने बित्तिकै मानिसहरू आतंकित भएर घरबाट बाहिर निस्के। राहतको कुरा के छ भने अहिले कुनै प्रकारको पनि ज्यान वा सम्पत्तिको क्षतिको कुनै रिपोर्ट आएको छैन। प्रशासनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ। मानिसहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande