
नयाँ दिल्ली, 21 अप्रेल (हि.स.)। आदि शंकराचार्यको जयन्तीको शुभ अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले महान दार्शनिक तथा आध्यात्मिक गुरु आदि शंकराचार्यलाई श्रद्धाञ्जली अर्पण गरे।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो सन्देशमा प्रधानमन्त्रीले आदि शंकराचार्य भारतका महान् आध्यात्मिक विभूतिहरूमध्ये एक भएको बताए, जसको शिक्षा, विचार र अद्वैत वेदान्तको दर्शनले आजपनि विश्वभरिका अनगिन्ती मानिसहरूलाई मार्गदर्शन गरिरहेको छ।
उनले भने, शंकराचार्यले सद्भाव, अनुशासन र सबै अस्तित्वको एकतामा जोड दिए। उनको प्रयासले आध्यात्मिक विचारलाई पुनर्जीवित गर्योश र देशभरि आध्यात्मिक केन्द्रहरू स्थापना गरेर दिगो प्रेरणा प्रदान गर्यो।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा आदि शंकराचार्यको प्रेरणा र बुद्धिले मानिसहरूको मार्गलाई उज्यालो बनाइरहोस् र समाजलाई सत्य, करुणा र सामूहिक कल्याणप्रति प्रतिबद्ध रहोस् भन्ने कामना गरे।
हिन्दुस्थान समाचार / भवानी थामी