श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनद्वारा बिरामीलाई आर्थिक सहयोग प्रदान
श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनद्वारा बिरामीलाई आर्थिक सहयोग प्रदान


खरसाङ, 08 अप्रेल (हि.स.)। श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेशनले लाब्दा बस्तीका क्यान्सर पीडित बिरामी लक्ष्मी गुरुङलाई आर्थिक सहयोग प्रदान गरेको छ। प्राणनाथ परमार्थ सेवा फाउण्डेशन, मङ्पूले अहिलेसम्म 11 जना क्यान्सर पीडित परिवारलाई आर्थिक सहयोग गरिसकेको बताइएको छ।

जानकारी अनुसार, लाब्दा ग्राम पञ्चायत अन्तर्गत लाब्दा बस्ती सुनाखरी “ख” समाजले क्यान्सर पीडित आफ्नो एक सदस्य लक्ष्मी गुरुङको उपचारको निम्ति श्री प्राणनाथ परमार्थ सेवा फाउण्डेसनलाई आर्थिक सहयोगको अपील गरेको थियो। यस क्रममा संस्थाका सभापति एचडी मोक्तानको अगुवाईमा अन्य पदाधिकारीहरू बिरामी लक्ष्मी गुरुङको बासस्थानमा पुगेर उनको चाडो स्वास्थ्य लाभको कामना गर्दै उनका पति शम्शेर गुरुङलाई बीस हजार रुपियाँ प्रदान गरे।

सुनाखरी समाज “ख” की सदस्या प्रेरणा गुरुङले श्री प्राणनाथ परमार्थ सेवा फाउन्डेसन मङपूप्रति बिरामीलाई आर्थिक सहयोग पुऱ्याएकोमा आभार व्यक्त गरिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande