
दक्षिण 24 परगना, 01 मई (हि.स.)। राजधानी कोलकातामा स्ट्रङ्ग रूमको सुरक्षालाई लिएर भएको विवादबीच दक्षिण 24 परगनाको क्यानिङ्गमा पनि ईभीएमको सुरक्षालाई लिएर तनाउ बढ़्दो छ। बङ्किम सरदार कलेजको स्ट्र्ङ्गरूममा बिजुली काटिएको घटनापछि राजनीतिक जगतमा खैलाबैला तीव्र भएको छ।
क्यानिङ्ग महकुमाका चार वटा विधानसभा क्षेत्रहरू क्रमैले गोसाबा, बसन्ती, क्यानिङ्ग पश्चिम औ क्यानिङ्ग पूर्वको ईभीएम यसै कलेजको स्ट्रङ्गरूममा राखिएको छ।
सूत्र मुताविक गए बिहीवार राती लगभग 8:40 बजे अचानक सम्पूर्ण कलेज परिसरको बिजुली गयो। आरोप छ, बिजुली जानसाथ स्ट्रङ्गरूमको निगरानी राख्नको लागि जड़ान गरिएका दुई वटा सीसीटीभी मनिटरमध्ये एउटा पूर्ण रूपले बन्द भयो। बाहिर उपस्थित विभिन्न राजनीतिक दलका एजेन्टहरूले मनिटरमाथि नजर राखेका थिए। यसरी अचानक मनिटक बन्द भएको खबर फैलिनसाथ तृणमूल र भाजपा कार्यकर्ताहरूबीच तनाउ बढ़्यो। दुवै पक्षले ईभीएमको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै प्रश्न उठाए, तुरून्त जेनरेटर किन चलाइएन?
यस घटनाको भीडियो फुटेज पनि सामु आएको छ तथापि प्रशासनको पक्षबाट बिजुली गएको वा सीसीटीभी बन्द भएको घटनालाई लिएर अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन। राती अँध्यारोमा भएको यस घटनापछि क्यानिङ्गको राजनीतिक माहोल अझ गर्मिएको छ।
विकर्ण नस्कर जो गोसाबाबाट भाजपा उम्मेद्वार हुन्,-ले भने, “यहाँ बारम्बार क्यामरा बन्द भइरहेको छ। तृणमूल उम्मेद्वार परेश राम दास भित्र गएपछि बिजुली गयो। बाहिर उपस्थित हाम्रा प्रतिनिधिहरूले मनिटरमा केही पनि देखिरहेका थिएनन्। मैले रिटर्निङ्ग अफिसरलाई सूचना दिएको छु र चुनाउ आयोगसित चाँड़ै कारबाही गर्ने माग गरेको छु।” उनले यस मामिलामा आयोगलाई ई-मेल पनि पठाएका छन्।
यता तृणमूल उम्मेद्वार परेश राम दासले पनि चिन्ता व्यक्त गर्दै भने, “म त्यहाँ पुग्नसाथ बिजुली गयो। लगभग 20 मिनटपछि जेनरेटर चलाइयो। यस अवदि सम्पूर्ण क्षेत्र अन्धकारमा डुबेको थियो। सीसीटीभी पनि बन्द वा धमिलो थियो। हामीलाई शङ्का लागेको छ, लोडशेडिङ्गको माध्यमबाट कुनै षड़यन्त्र त गरिएको होइन। हामीले आयोगसित जाँच गर्ने माग गरेका छौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा