लोअर सियाङ्गमा पुलिसको नशा विरोधी अभियान तीव्र, पाँच जना समातिए
लोअर सियाङ्गमा पुलिसको नशा विरोधी अभियान तीव्र, पाँच जना समातिए


लोअर सियांग (अरुणाचल), 01 मई (हि.स.)। अरुणाचल प्रदेशको लोअर सियाङ्ग जिल्लामा पुलिसले नशा विरोधी आफ्नो कारबाहीलाई तीव्रता दिएको छ। जिल्लामा हालैमा नयाँ पुलिस अधीक्षक औ उप पुलिस अधीक्षकले पदभार ग्रहण गरेपछि लिकाबाली चेक गेटमा गहन जाँच तथा निगरानी अभियान सञ्चालन गरिँदैछ।

यी लक्षित अभियानहरूको क्रममा पुलिसले एनडीपीएस अधिनियम अन्तर्गत चार वटा मामिला दर्ता गरेको छ जसले मादक पदार्थ विरोधी कड़ा कारबाहीलाई दर्शाउँछ।

पुलिसको आधिकारिक सूत्रले आज बतायो, यसै क्रममा लिकाबाली चेक गेटमा एकजना व्यक्तिलाई सन्देहको आधारमा रोकियो। उक्त व्यक्तिको पहिचान लेपराड़ा जिल्लाको न्यिगाम गाउँ निवासी सेम्मार बसरको रूपमा भएको छ। कानूनी प्रक्रियालाई पालन गर्दै कार्यकारी मेजिस्ट्रेट र स्वतन्त्र साक्षीहरूको उपस्थितिमा जाँच गरियो जसमा आरोपीबाट संदिग्ध हेरोइन र गाँजा जफत गरियो।

लिकाबाली थानामा मामिला संख्या 14/2026 दर्ता गरियो जसमा एनडीपीएस अधिनियमको धारा 21(ए) और 20(बी)(ii)(ए) अन्तर्गत मुद्दा दर्ता गरी अग्रिम जाँच शुरू गरिएको छ।

पुलिसले बताए अनुसार बितेको एक महिनाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूको क्रममा पांच जना मानिसहरूलाी पक्राउ गरिएको छ भने उनीहरूबाट 12.64 ग्राम संदिग्ध हेरोइन तथा 106 ग्राम गाँजा जफत गरिएको छ।

नशा विरोधी अभियानसँगसँगै पुलिसले इनर लाइन परमिट (आईएलपी) जाँच अभियानलाई पनि तीव्रता दिएको छ। यस अभियान अन्तर्गत लिकाबाली र नारी थाना क्षेत्रमा बीईएफआर अधिनियमको धारा 3 अन्तर्गत 15 गैर-एफआईआर मामिला दर्ता गरिएको छ।

लोअर सियाङ्ग पुलिसले भनेको छ, जिल्लामा नशाको अवैध व्यवसायमाथि लगाम कस्न तथा प्रवेश नियमहरूको कड़ा पालनलाई सुनिश्चित गर्नको लागि आगामी दिनमा पनि यस्तै कारबाही निरन्तर जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande