महिषादलमा हमलाको विरोधमा ढुङ्गामुड़ा
महिषादलमा हमलाको विरोधमा ढुङ्गामुड़ा


पूर्व मेदिनीपुर, 01 मई (हि. स.)। जिल्लाको महिषादलमा एकजना व्यक्तिमाथि हमला भएको विरोधमा स्थानीय मानिसहरूले शुक्रवार बिहान सड़क जाम गरेर विरोध प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार गए बिहीवार राती लगभग 8 बजे महिषादलको रङ्गीबसान शीतला मन्दिर क्षेत्रमा केही उपद्रवीहरूले कार्तिक दास नामक व्यक्तिमाथि धारिलो हतियारले हमला गरे। यस हमलामा कार्तिक गम्भर रूपमा घाइते भए जसलाई उपचारको निम्ति अस्पतालमा लगियो। घटनाको कारणले रूष्ट स्थानीय मानिसहरूले शुक्रवार बिहान महिषादल–गेओखाली राज्य सड़कलाई जाम गरेर आरोपीलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रदर्शन गरे। सूचना पाएर महिषादल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि मानिसहरूलाई सम्झाएर सड़क जामलाई हटायो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande