श्रमिकहरूको योगदानले हाम्रो सामूहिक विकासको आधार निर्माण गरेको छ: विधानसभा उपाध्यक्ष
raj kumari thapa


गान्तोक, 01 मई (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापाले श्रम दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै समाज, राज्य र राष्ट्र निर्माणमा अथक योगदान पुर्‍याउने प्रत्येक श्रमिकहरूको समर्पण, धैर्यता र कठोर परिश्रमप्रति सम्मान व्यक्त गरेका छन्।

विधानसभा उपाध्यक्षले आज जारी आफ्नो सन्देशमा भनेकी छन्, 'आज हामी समाज, राज्य र राष्ट्र निर्माणमा अथक योगदान पुर्‍याउने प्रत्येक श्रमिकको समर्पण, धैर्यता र कठोर परिश्रमको सम्मान गर्दछौं।

आउनुहोस्, श्रमको गरिमालाई सम्मान गरौं र यस्तो न्यायपूर्ण, समावेशी तथा प्रगतिशील भविष्यतर्फ अगाडि बढौं, जहाँ प्रत्येक श्रमिकले आफूलाई मूल्यवान र सशक्त महसुस गर्न सकून्।'

उनले यस अवसरमा सिक्किम तथा बाहिर रहेका सम्पूर्ण श्रमिकहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै श्रमिकहरूको योगदानले हाम्रो सामूहिक विकासको आधार निर्माण गरेको उल्लेख गरेकी छिन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande