जङ्गली हात्तीको हमलामा महिलाको मृत्यु
जङ्गली हात्तीको हमलामा महिलाको मृत्यु


ग्वालपाड़ा (असम), 02 मई (हि.स.)। ग्वालपाड़ा जिल्लाको राक्षसिनी क्षेत्रमा जङ्गली हात्तीको हमलामा परी एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। पुलिसले शनिवार बतायो, भोजनको खोजीमा आवासीय क्षेत्रमा पसेको जङ्गली हात्तीहरूको बथानबाट छुटिएर आएको एक्लो हात्तीले उक्त महिलालाई हमला गऱ्यो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो। मृतक महिलाको पहि‌चान सरस्वती सीलको रूपमा गरिएको छ। घटना बारे जानकारी पाउनसाथ पुलिस र वन विभागको टीम घटनास्थलमा पुग्यो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। यस घटनाको लागि स्थानीय मानिसहरूले वन विभागलाई जिम्मेवार ठहराएका छन्। स्थानीयहरूको भनाइ छ, जङ्गली हात्तीहरूले आवासीय क्षेत्रमा पसेर व्यापक उत्पात मचाउँछन्। घटनाको सम्बन्धमा वन विभागलाई जानकारी दिइए पनि वन विभागले कुनै ठोस कदम उठाउँदैन। त्यसैले यस्तो दुर्घटना भएको हो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande