
गुवाहाटी, 25 मई (हि.स.)। असम विधानसभाभित्र नेता प्रतिपक्षको चयनलाई लिएर कायम असमञ्जस्यताबीच भारतीय जनता पार्टी (भाजपा) विधायक सुशान्त बरगोहाईंले सोमवार कङ्ग्रेसमाथि चर्को प्रहार गरे।
मीडियासित बातचित गर्दै भाजपा विधायकले भने, कङ्ग्रेसले अहिलेसम्म पनि विधानसभामा आफ्नो नेता तथा नेता प्रतिपक्षको नामलाई लिएर अन्तिम निर्णय लिन सकेको छैन जसबाट पार्टीभित्र गहिरो मतभेद रहेको उजागर भइरहेको छ।
उनले कङ्ग्रेसलाई लक्षित गर्दै भने, “जुन जातिको मानसिकता आफ्नै पितालाई बन्दी बनाएर राजा हुने इतिहास रहेको छ, त्यस्तै मानसिकता भएका अधिकांश विधायकहरू कङ्ग्रेसमा छन्, त्यसैले उसले चाँड़ै प्रतिपक्षको नेता खोज्न सक्दैन।”
भाजपा विधायकले आरोप लगाए, कङ्ग्रेस विधायक दलभित्र नेतृत्वलाई लिएर अहिले पनि असमञ्जस र आपसी मतभेद कायम छ। नेता प्रतिपक्षको चयनमा भइरहेको ढिल्याईले कङ्ग्रेसको आन्तरिक कमजोरी र नेतृत्व सङ्कटलाई दर्शाएको उनको भनाइ छ।
उल्लेख्य, असम विधानसभामा कङ्ग्रेसले अहिलेसम्म पनि आफ्नो विधायक दलको नेता तथा प्रतिपक्षको नामको औपचारिक घोषणा गर्न सकेको छैन। यस मुद्दालाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा