पेट्रोल-डिजलको मूल्य वृद्धिलाई लिएर केन्द्रमाथि आआपको प्रहार
पेट्रोल-डिजलको मूल्य वृद्धिलाई लिएर केन्द्रमाथि आआपको प्रहार


नयाँ दिल्ली, 25 मई (हि.स.)। पेट्रोल र डिजलको ताजा मूल्यमा भएको वृद्धिलाई लिएर आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले केन्द्र सरकारलाई लक्षित गरे। उनले आरोप लगाए, सरकारले पश्चिम बङ्गाल, असम, केरल औ तमिलनाडु विधानसभा चुनाउलाई केन्द्र गरेर इन्धनको मूल्यवृद्धिमाथि रोक लगाएको थियो, तर अब चुनाउ सिद्धिनसाथ मूल्य वृद्धि हुन थालेको छ।

सौरभ भारद्वाजले भने, आआपले पहिलो दिनदेखिकै भन्दै आइरहेको छ कि सरकारले अब बिस्तारै पेट्रोल र डिजलको मूल्य बढ़ाउनेछ। चुनाउले गर्दा केही समयसम्म मूल्य बढ़ाएन, तर अब फेरि जनतामाथि बोझ थपिरहेको छ।

आआपाका दिल्ली प्रदेश अध्यक्षले भने, भारतले इरान र रूसबाट सस्तो काँचो तेल खरिद गर्नसक्छ, तर अमेरिकी दबावको कारणले यस्तो गरिरहेको छैन। यसबाट देशवासीहरूमाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ।

आआपा नेता अनुसार आज प्रत्येक महत्वपूर्ण फसेला अमेरिका र ट्रम्पलाई ध्यानमा राखेर गरिँदैछ। सरकारले जनताको हितमा फसेला लिनुपर्छ, बाहिरको दबावमा आएर होइन।

उल्लेखनीय छ, पेट्रोल-डिजलको मूल्य सोमवार फेरि बढ़ेको छ। पेट्रोलको मूल्य 2.61 रुपियाँ प्रतिलीटर बढ़ेको छ भने डिजलको 2.71 प्रतिलीटर। बितेको दश दिनभित्रमा इन्धनको मूल्यवृद्धि भएको यो चौथो पटक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande