गोरामुमो अध्यक्ष मन घिसिङको उपस्थितिमा सांगठनिक सभा सम्पन्न
Mann ghising


दार्जिलिङ, 03 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय समिति अध्यक्ष मन घिसिङको अध्यक्षतामा आज केन्द्रिय कार्यालयमा एक सांगठनिक सभामा सम्पन्न भयो। दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिहरू, भातृ संगठनका प्रतिनिधिहरू र समष्टिका प्रतिनिधिहरूलाई लिएर बसेको सांगठनिक सभामा पार्टी अध्यक्ष मन घिसिङले पार्टीको भावी रणनीति साथै संगठन विस्तार अनि वर्तमान राजनीतिक परिवेशबारे जानकारी गराए।

केन्द्रिय समिति प्रवक्ता वाई लामाले सांगठनिक सभामा पार्टी अध्यक्ष मन घिसिङले पार्टीको सिद्धान्त, कार्यशैली र मुद्दालाई कसरी अगाडी बढाउनु पर्ने भन्ने विषयमा जानकारी गराएको बताए। २०१९ देखि एनडीएको एक घटक दलका रूपमा जीएनएलएफले कस्ता कार्यहरु गरे भन्ने विषयमा पनि अध्यक्षले अवगत गराएको उनले बताए।

यसै क्रममा समष्टि, शाखा प्रशाखाका प्रतिनिधिहरूले विभिन्न सुझाउहरु रखेका थिए। सभामा अध्यक्ष घिसिङले 1986 सालको आन्दोलनमा आफ्नो अहम भूमिका निभाउने कर्मठ सदस्यहरुलाई सम्मान जनाए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande