
नयाँ दिल्ली, 31 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणाबाट सञ्चालित ‘एउटा रूख आमाको नाम अन सण्डे’ अभियान अन्तर्गत आज नयां दिल्ली नगरपालिका परिषद (एनडीएमसी)- का उपाध्यक्ष कुलजीत सिंह चहलले चाणक्यपुरीस्थित डिप्लोम्याटिक एन्क्लेभ ओनर्स एण्ड रेजिडेन्ट्स एसोसिएशन (डीईओआरए), मलचा मार्गमा आयोजित वृक्षरोपण कार्यक्रममा भाग लिए।
यस अवसरमा स्थानीय निवासी, आरडब्ल्यूए पदाधिकारी, एनडीएमसीका अधिकारी एवं कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो। सबैले आ-आफ्नी आमाको सम्मानमा वृक्षरोपण गरेर पर्यावरण संरक्षणको सन्देश दिए।
कार्यक्रममा डीईओआरएका पदाधिकारी अशोक बहल, आदित्य टण्डन, अंशु देवान एवं अवधेश सहित अनेकौं नागरिकहरूले भाग लिए। उपस्थित मानिसहरूले भने, यो अभियान आमाप्रति सम्मान तथा प्रकृति संरक्षणलाई एकै ठाउँमा जोड़्ने एउटा सराहनीय प्रयास हो।
वृक्षरोपण कार्यक्रमपूर्व कुलजीत सिंह चहलले क्षेत्रवासीहरू तथा आरडब्ल्यूएका प्रतिनिधिहरूसित बैठक गरी उनीहरूको समस्या सुने। उनले सम्बन्धित विभागहरूलाई निर्देश दिए कि सबै जनहितका कार्यहरूको समयबद्ध ढङ्गमा समाधान सुनिश्चित गरियोस्।
कुलजीत सिंह चहलले भने, यो अभियान रूख रोप्ने कार्यक्रम मात्र होइन, समाजलाई पर्यावरणप्रति जागरूक बनाउने एउटा जन आन्दोलन हो। एउटा रूख रोपेर हामीले आफ्नी आमालाई सम्मान गर्नको साथै भावी पिँढ़ीको लागि सुनौलो भविष्यको आधार पनि राखिरहेका छौं।
उनले बताए, एनडीएमसीले सालभरि नै प्रत्येक आइतवार विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम आयोजना गर्दै आइरहेको छ। रोपिएका रूखहरूको हेरचाह तता संरक्षणको लागि बागवानी, स्वास्थ्य, सिभिल, सड़क, जलापूर्ति, जल निकासी एवं विद्युत विभागले मिलेर कार्य गरिरहेको छ। आगामी 5 जून, विश्व पर्यावरण दिवसको अवसरमा एनडीएमसीद्वारा विशिष्ट अतिथिहरूको उपस्थितिमा विशेष वृक्षरोपण कार्यक्रम आयोजना गरिने जानकारी समेत उनले दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा