
सिलगढ़ी, 31 मई (हि.स.)। विश्व सम्वाद केन्द्र उत्तर बङ्गालको पहलमा आइतवार सिलगढ़ीको दीनबन्धु मञ्चमा देवर्षि नारद जयन्ती आयोजना गरियो। कार्यक्रमको मुख्य उद्देश्य पत्रकारिताको मूल्य, समाजमा मीडियाको भूमिका औ सूचना प्रसारणको जिम्मेवारीलाई रेखाङ्कित गर्नु थियो।
कार्यक्रममा पश्चिम बङ्गालका राज्यपाल आर.एन.रवि मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा लोकतन्त्रमा पत्रकारिताको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै भने, पत्रकारहरूले निष्पक्ष तथा सत्यनिष्ठ रहेर समाजको वास्तविक स्वरूपलाई सबै सामु ल्याउनुपर्छ। उनले जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि विशेष बल दिए।
यसरी नै अन्य वक्ताहरूले देवर्षि नारदलाई विश्वकै प्रथम सन्देशवाहक औ सञ्चारको प्रतीकको रूपमा स्मरण गर्दै भने, सूचनालाई जन-जनसम्म पुऱ्याउने जुन परम्परा उनले स्थापित गरे, त्यो आधुनिक पत्रकारिताको आधारशिला हो।
यस अवसरमा उत्तर बङ्गालका विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा पत्रकारहरूले भाग लिए। कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ पत्रकारहरूलाई सम्मानित गर्नु थियो। पछिल्लो लामो समयदेखिको पत्रकारिताको क्षेत्रमा सक्रिय रहेर समाजका महत्वपूर्ण मुद्दाहरूलाई उजागार गर्ने पत्रकारहरूलाई ‘देवर्षि नारद सार्थक जीवन सम्मान- 2026’-द्वारा सम्मानित गरियो।
आयोजकहरू अनुसार यो सम्मान पत्रकारहरूले जनहितमा पुऱ्याएका योगदानको सराहनास्वरूप प्रदान गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू तथा समाजका अनेकौं वर्गको उपस्थिति देख्न पाइयो। सम्मानित पत्रकारहरूसँगसँगै उपस्थित सबै पत्रकारहरूमा उत्साह तथा गर्व देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा