
पूर्व बर्दवान, 31 मई (हि.स.)। जिल्लामा आइतवार तृणमूल कङ्ग्रेका दुई पूर्व विधायकहरूमाथि पुलिसले कारबाही गऱ्यो। पूर्वस्थली उत्तर विधानसभा क्षेत्रका पूर्व विधायक तपन च्याटर्जीलाई पुलिसले पक्राउ गऱ्यो भने बर्धमान दक्षिण विधानसभा क्षेत्रका पूर्व विधायक खोकन दासलाई उत्तर प्रदेशबाट हिरासतमा लिइयो।
सूत्र अनुसार आइतवार बिहान पुलिसले केन्द्रिय बलहरूको उपस्थितमा तपन च्याटर्जीको आवासमा छापामारीको कारबाही गऱ्यो। यस अवधि प्रचुर मात्रामा सरकारी तिरपाल, फुटबल तथा अन्य सामग्रीहरू जफत गरिय। पुलिसले उनलाई जाँचबुझको लागि हिरासतमा लियो। पुलिस भ्यान मार्फत तिनलाई थाना लैजाने क्रममा कतिपय मानिसहरूले उनको विरोधमा चोर-चोर -को नारा समेत लगाए। पछि पुलिसले उनलाई औपचारिक रूपमा पक्राउ गऱ्यो।
अर्कोतिर पूर्व तृणमूल विधायक खोकन दासलाई पूर्व बर्धमान जिल्ला पुलिसले उत्तर प्रदेशको प्रयागराज छेउमा हँडिया थाना क्षेत्रबाट हिरासतमा लियो। उनीविरूद्ध कुटपिट, धम्की तथा अन्य आरोपहरूसित सम्बन्धित धेरै वटा मामिला दर्ता भएको थाहा लागेको छ।उनलाई हिरासतमा लिँदा पनि उनीविरूद्ध चोर-चोर- को नारा लगाइयो।
दुवै पूर्व विधायकहरूविरूद्ध पुलिसले मामिलाको जाँच गरिरहेको छ तथा अग्रिम कानूनी प्रक्रिया जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा