संघको शताब्दी, वामपन्थीहरूले पनि पूरा गरे सय वर्ष !
प्रतीकात्मक चीत्र


नागपुर, ०७ मई (हि.स.)। भारतमा सांस्कृतिक तथा राजनीतिक दृष्टिले वर्ष २०२६ निकै महत्वपूर्ण साबित हुने भएको छ। यसको कारण के हो भने परस्पर विरोधी विचारधाराका दुई संस्था-कम्युनिस्ट पार्टी (सीपीआई/एम) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) दुवैले आफ्नो १०० वर्ष पूरा गरेर १०१औँ वर्षमा प्रवेश गरेका छन्। यस पृष्ठभूमिमा वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक विनोद देशमुखले दुवै संगठनको वैचारिक तथा राजनीतिक यात्राको विस्तृत विश्लेषण प्रस्तुत गरेका छन्।

स्थापनाकालदेखि नै तीव्र विरोधको सामना गरेको संघ आज सर्वसमावेशी संगठनका रूपमा विकसित भएको छ। यसको परिणामस्वरूप पहिलोपटक पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन सफल भएको छ। अर्कोतर्फ हिन्दूविरोधी धारणा लिएर आफ्नो शताब्दी यात्रा पूरा गरेका वामपन्थीहरू अहिले केरलमा पराजयको सामना गर्दै राजनीतिक पतनको अन्तिम चरणतर्फ पुगेको छ। पछिल्ला ५० वर्षदेखि दुवै पक्षको नजिकबाट अध्ययन गरेका विनोद देशमुखले यसको कारणहरूको विश्लेषण गरेका छन्।

भारतमा वामपन्थको यात्रा

देशमुखका अनुसार, संघ र सीपीआई दुवैको वैचारिक आधार सन् १९२० तिर राखिएको थियो। प्रथम विश्वयुद्धपछि भएको रुसी क्रान्तिबाट प्रभावित भएर एम.एन. रायले सन् १९२० मा रुसको ताशकन्दमा भारतीय कम्युनिस्ट विचारधाराको सुरुआत गरेका थिए। त्यसपछि २६ दिसम्बर, १९२५ मा उत्तर प्रदेशको कानपुरमा एस.भी. घाटे, श्रीपाद अमृत डांगे, मुजफ्फर अहमद तथा उनका सहयोगीहरूले भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) को स्थापना गरेका थिए।

स्वतन्त्रतापछि सन् १९५७ मा केरलमा ई.एम.एस. नम्बूदरीपादको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार गठन भएको थियो। त्यसपछि पश्चिम बंगालमा सन् १९७७ देखि २०११ सम्म लगातार ३४ वर्षसम्म माकपाको नेतृत्वमा वामपन्थी सरकार रह्यो। त्रिपुरामा पनि सन् १९७८ देखि १९८८ र १९९३ देखि २०१८ सम्म वामपन्थीहरूको शासन कायम रह्यो। तर यति ठूलो देशमा १०० वर्षको अवधिमा पनि वामपन्थी विचारधारा तीन राज्यभन्दा बाहिर फैलिन सकेन।

पश्चिम बंगालमा तृणमूल कांग्रेसले उनीहरूको शासन अन्त्य गर्यो, त्रिपुरामा भाजपा विजयी भयो र अहिले केरलमा पनि पिनराई विजयन सरकारलाई धक्का लागेपछि वामपन्थीहरूको अन्तिम गढ कमजोर बन्दै गएको छ। समग्रमा शताब्दी वर्षसम्म आइपुग्दा वामपन्थीहरूको राजनीतिक प्रभाव र जनसमर्थन दुवै घट्दै गएको देखिन्छ।

संघको आरोहण

कम्युनिस्ट पार्टीजस्तै संघको बीजारोपण पनि सन् १९२० तिर भएको थियो। नागपुरमा कांग्रेस अधिवेशनका क्रममा डा. केशव बलिराम हेडगेवारले गणवेशधारी स्वयंसेवकहरूको प्रयोग गरेका थिए। त्यसपछि २७ सेप्टेम्बर, १९२५ मा नागपुरस्थित आफ्नै निवासमा राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए।

देशमुखका अनुसार, संघ र कम्युनिस्टबीचको मूलभूत अन्तर के हो भने संघ सामाजिक कार्य र सांस्कृतिक राष्ट्रवादमा समर्पित संगठन हो भने कम्युनिस्ट विचारधारा अन्ततः राजनीतिक सत्ता प्राप्तिमै सीमित हुन्छ। सम्भवतः यही कारणले संघ निरन्तर विस्तार हुँदै विश्वव्यापी स्तरसम्म पुगेको छ, जबकि कम्युनिस्ट आन्दोलन क्रमशः कमजोर हुँदै गएका छन्।

स्थापनापछि तीनपटक प्रतिबन्ध र कडा राजनीतिक विरोधको सामना गर्नुपरे पनि संघले “चरैवेति-चरैवेति” (निरन्तर अघि बढिरहने) सिद्धान्तअनुसार निःस्वार्थ सेवा जारी राख्यो। महात्मा गान्धीको हत्यासँग जोडेर संघलाई बदनाम गर्ने प्रयास आज पनि भइरहेका छन्, तर त्यसका बावजुद संघ राष्ट्रनिष्ठ बनेर अघि बढेको उल्लेख छ।

आपतकालका बेला संघका स्वयंसेवकहरूले जेल जीवन व्यतीत गर्दै लोकतन्त्रको रक्षामा योगदान पुर्याएका थिए। श्रीराम जन्मभूमि आन्दोलनमार्फत संघले देशभर आफ्नो पहुँच विस्तार गर्दै जनसेवामार्फत जनविश्वास जिते।

देशमुखका अनुसार, यसको लाभ भाजपालाई पनि पुगेको छ, जो पछिल्ला १२ वर्षदेखि केन्द्रमा सत्तामा छ र २८ मध्ये २१ राज्यमा उसको सरकार रहेको छ। यसलाई संघ विचारको विस्तारको परिणामका रूपमा मन्न सकिन्छ।

सफलता र असफलताका कारण

संघको सफलता र कम्युनिस्टहरूको असफलताबारे प्रकाश पार्दै देशमुखले स्थापना कालमै डा. हेडगेवारले भगवा ध्वजलाई गुरु मानेर संघलाई व्यक्तिपूजाबाट टाढा राखेको बताए। साथै सबै जातिलाई जोडेर समग्र हिन्दू समाजको संगठन गर्ने संकल्प लिइएको थियो। यही कारण विरोध र प्रचारका बावजुद पनि मानिसहरू संघतर्फ आकर्षित हुँदै गए र आज शताब्दी वर्षमा यो संगठन बलियो र व्यापक रूपमा उभिएको छ।

यसको विपरीत, कार्ल मार्क्स, लेनिन, स्टालिन र माओ त्से-तुङजस्ता विदेशी विचारकहरूमा आधारित कम्युनिस्ट आन्दोलन सामाजिक तथा राजनीतिक पतनतर्फ उन्मुख भएको छ। साथै यही विचारधाराबाट उत्पन्न उग्रवादी तत्वहरू पनि आफ्नो अन्त्यतर्फ बढिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande