
नोएडा, 17 जून (हि.स.)। नोएडाको थाना बादलपुर क्षेत्रको अच्छेजा गाउँ नजिकै गए राति दुई मोटरसाइकल आपस्तमा ठोक्किए। यस घटनामा तीन युवक घाइते भए। उनीहरूलाई गम्भीर अवस्थामा उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो, जहाँ बुधवार बिहान एक युवकको मृत्यु भयो।
थाना बादलपुरका प्रभारीले बताए, हिजो राति ताना बादलपुर क्षेत्रको अच्छेजा गाउँ नजिकै मोटरसाइकलमा गइऱहेका दुई भाई अरशद रजा (30) र अरमानको मोटरसाइकललाई एक अन्य मोटरसाइकल चालकले ठक्कर दियो। घटनामा तीनै जना गम्भीर घाइते भएको उनले बताए। उनीहरूलाई उपचारका लागि नोएडा जिल्ला अस्पतालमा भर्ती गरिएको थियो, जहाँ उपचारका क्रममा बुधवार बिहान अर्शद रजाको मृत्यु भयो। अरमान र अर्का युवकको उपचार भइरहेको उनले बताए। पुलिसले शवलाई कब्जामा लिएर पोष्टमार्टमका लागि पठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी