मुम्बईमा वर्षाले मानिसहरूलाई दियो गर्मीबाट राहत
मौसम


मुम्बई, 03 जून (हि.स.)। विगत केही दिनदेखि चर्को गर्मी र आर्द्रताका कारण समस्यामा परेका मुम्बईवासीले बुधवार (03 जून) बिहान पानी परेपछि राहत पाएका छन्। मौसम विभाग अनुसार, मुम्बईको उत्तरी तटीय क्षेत्र नजिक मध्यमदेखि तीव्र संवहनशील (कन्वेक्टिव) बादल बनेको देखिएको छ, जसको उचाइ लगभग 3 देखि 4 किलोमिटर रहेको छ। यी बादलको प्रभावले अबको केही घण्टामा शहरका उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधवार बिहान मुम्बईको पश्चिमी उपनगरहरूमा हल्कादेखि मध्यम वर्षा भयो। विशेषगरी मीरा-भाइंदर क्षेत्रमा 2026 को मनसून सिजनको पहिलो वर्षाले जनतालाई गर्मीबाट केही राहत दिएको छ ।

तर बिहानको पानी परेपछि हावामा आर्द्रता बढ्ने सम्भावना रहेकाले फेरि आर्द्रता महसूस हुने मौसमविद्ले बताएका छन्। उत्तरी मुम्बई तट नजिकै अरब सागरमा मध्यम तीव्रताको बादल सक्रिय रह्यो। जसका कारण उपत्यकामा बीच-बीचमा हल्का वर्षाको स्थिति बनिरह्यो।

बिहानै केही स्थानमा घाँम लागेकाले शहरमा ‘घाँम र बादल’ को मिश्रित मौसम देखिएको छ।

स्याटेलाइट छविहरूले कोंकण, गोवा, कर्नाटकको तट र केरलको उत्तरी क्षेत्रहरूमा सक्रिय बादलहरूको फराकिलो ब्यान्ड देखायो। यस प्रणालीको प्रभाव आगामी केही घण्टामा तटीय क्षेत्रमा बढ़ी महसूस हुने मौसमविद्ले बताएका छन् ।

मौसममा आएको परिवर्तनको ख्याल राख्न, हल्का र आरामदायी लुगा लगाउन, पर्याप्त पानी पिउन नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीबाट केही राहत पक्कै भएपनि आर्द्रता बढ़ेकोले चिसो कायमै रहनसक्छ ।

मनसूनको आगमनको पर्खाइमा रहेका मुम्बईवासीहरूका लागि यो वर्षाले राहत साबित भएको छ र आगामी दिनहरूमा वर्षा गतिविधिहरू अझै बढ्ने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande