अपरेशन अमानत अन्तर्गत आरपीएफले फर्काइदियो यात्रीहरूको लाखौंको सामान
अपरेशन अमानत अन्तर्गत आरपीएफले फर्काइदियो यात्रीहरूको लाखौंको सामान


खड़गपुर, 30 जून (हि.स.)। रेल यात्रिहरूको सुरक्षा एवं सेवाप्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै रेलवे सुरक्षा बल (आरपीएफ)-को खड़गपुर मण्डलले ‘अपरेशन अमानत’ अन्तर्गत तत्काल कारबाही गर्दै दुई भिन्न मामिलामा लगभग एक लाख दश हजार रुपियाँभन्दा अधिकको हराएको सामानलाई वास्तविक मालिकहरूलाई सुरक्षित फर्काइदियो।

मङ्गलवार अपरान्ह रेलवेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार पहिलो घटना गत 26 फरवरीको हो जतिबेला हिजली रेलवे स्टेशनमा नियमित जाँच अवधि आरपीएफ कर्मीहरूले बुकिङ्ग काउन्टरको छेउमा एउटा बेवारिसे वानप्लस नर्ड मोबाइल फोन भेटे। घटनास्थलमा फोनको दाबेदार कोही नभएको कारणले उक्त मोबाइल फोनलाई सुरक्षित रूपमा आरपीएफ पोस्टमा जमा गरियो। पछि मोबाइलको वास्तविक मालिकले सम्पर्क गरी बतायो, नीलाचल एक्सप्रेसमा यात्रा गरिरहेको समय उनको मोबाइल हिजली स्टेशनमा छोड़िएको थियो। त्यसपछि गए 29 जूनका दिन आवश्यक दस्तावेज अनि पहिचान सत्यापन गरिएपछि लगभग 20 हजार रुपियाँको मोबाइल त्यसको मालिकलाई सुम्पिइयो।

विज्ञप्ति अनुसार दोस्रो घटनामा गत 27 जूनमा हावड़ा रेलवे स्टेशन आइपुगेको वन्दे भारत एक्सप्रेसको कोच ई-एकको सीट नम्बर- 27 र 28 बाट यात्रीहरू उत्रिएपछि एउटा एप्पल आइप्याड भेटियो जसलाई आरपीएफले आफ्नो सुरक्षित अभिरक्षाा राख्यो। त्यसपछि 28 जूनमा रेल मद्दत पोर्टलमा आइप्याड हराेको सिकायत दर्ता भएपछि आरपीएफले तुरन्तै सिकायतकर्तासित सम्पर्क गऱ्यो।

29 जूनमा मालिकका अधिकृत प्रतिनिधिद्वारा आवश्यक दस्तावेज औ यात्रा विवरण प्रस्तुत गरिएपछि सत्यापन प्रक्रिया पूरा गरियो अनि लगबग 90 हजार रुपियाँको आइप्याड सुरक्षि रूपमा फर्काइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande