
नयाँ दिल्ली, १४ जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले बुधबार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए) मा आयोजना हुने तीनदिने अन्तरराष्ट्रिय सेमिनार ‘सौश्रुतम् २०२६’ को उद्घाटन गर्नेछिन्। आयुष मन्त्रालयअन्तर्गत आयोजना गरिएको यो सेमिनार 15 जुलाईदेखि १७ जुलाईसम्म सञ्चालन हुनेछ भने १४ जीलाईमा पूर्व-कार्यशाला आयोजना गरिनेछ।
आयुष मन्त्रालयका अनुसार, यो कार्यक्रम शल्यचिकित्साका जनक मानिने आचार्य सुश्रुतको यन्तीको अवसरमा आयोजना गरिएको हो। सेमिनारमा आयुर्वेद र आधुनिक शल्यचिकित्सा विज्ञानको एकीकरणबारे स्वदेश तथा विदेशका विशेषज्ञहरूले विचार-विमर्श गर्नेछन्।
कार्यक्रमका क्रममा एनसीआईएसएमद्वारा तयार गरिएको “आयुर्वेदका महिला स्नातकहरूको व्यावसायिक करियरको मूल्याङ्कन” सम्बन्धी राष्ट्रिय अध्ययन सार्वजनिक गरिनेछ। साथै १४ करोड़ ५० लाख रुपियाँको लागतमा स्थापना गरिएको अत्याधुनिक ३ टेस्ला हाई-फिल्ड एमआरआई प्रणालीको पनि उद्घाटन गरिनेछ। उक्त प्रणालीमा एआई-सक्षम कार्यप्रवाह, बायोमेट्रिक्स तथा उन्नत इमेजिङ सुविधा उपलब्ध रहेको छ।
तीनदिने सेमिनारमा मुख्य व्याख्यान, प्यानल छलफल, कार्यशाला तथा वैज्ञानिक अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्। मलाशय रोग विज्ञान, पुनर्निर्माण शल्यचिकित्सा, एकीकृत अन्कोलोजी, चिकित्सा-कानुनी विषय तथा शल्यचिकित्सामा बौद्धिक सम्पत्तिजस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ। साथै घाउ व्यवस्थापन, अग्निकर्म, क्षारसूत्र र मर्म चिकित्सा लगायत आचार्य सुश्रुतका शल्य सिद्धान्तहरूबारे पनि विस्तृत छलफल हुनेछ।
यस अन्तरराष्ट्रिय कार्यक्रममा थाइल्यान्ड, इजरायल, अस्ट्रिया, बेलायत, श्रीलङ्का, इन्डोनेसिया, नेपाल, ग्रीस तथा भारतका प्रतिष्ठित शल्यचिकित्सक, शिक्षाविद् र अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्।
उद्घाटन समारोहमा केन्द्रिय आयुष राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रतापराव जाधव, दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धू, सांसद रामवीर सिंह बिधुडी तथा आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचा पनि उपस्थित रहनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी