अमर सुब्बा र प्रितम राईले दरापदेखि दार्जिलिङ हुँदै सिलगढ़ीसम्मको दौड सफलतापूर्वक सम्पन्न गरे
अमर सुब्बा र प्रितम राई


गान्तोक, 19 जुलाई (हि.स.)। ‘म्याराथन म्यान अफ सिक्किम' का रूपमा परिचित अमर सुब्बा र उनका विद्यार्थी प्रितम राईले पश्चिम सिक्किमको दारापदेखि सिलगढ़ीको दार्जिलिङ मोडसम्मको दोड सफलतापूर्वक सम्पन्न गरेका छन्। स्वास्थ्यप्रति जनचेतना फैलाउने तथा सिक्किमका मुख्यमन्त्रीले स्वास्थ्य, खेलकुद, पर्यटन, संगीत लगायत राज्यको समग्र विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो दौड आयोजना गरिएको थियो।

१७ जुलाई, 2026 बिहान ४:०० बजी दारापबाट शुरु भएको दौड 18 जुलाईका दिन दार्जिलिङ मोड पुगेर समाप्त भयो। पहिलो चरणमा ७० किलोमिटर दूरी पार गर्दै टोली दार्जिलिङ पुगेको थियो, जहाँ भिकरन फाउन्डेसन र अफट्र्याक मुभमेन्टले उनीहरूलाई स्वागत गरेका थिए।

दोस्रो दिन बिहान ७:०० बजी दार्जिलिङको चौँरास्ताबाट दोस्रो चरणको दौड शुरु भयो। यस चरणमा पश्चिम बंगाल पुलिसका सहायक उपनिरीक्षक (एएसआई) तथा अमर सुब्बाका विद्यार्थी जतिन छेत्री पनि टोलीमा सहभागी भएका थिए।

अमर सुब्बा, प्रितम राई र जतिन छेत्रीको टोलीले बाँकी ६२ किलोमिटर दूरी पार गर्दै साँझ करिब ४:३० बजी सिलगढ़ीको दार्जिलिङ मोडमा पुगेर आफ्नो यात्रा सफलतापूर्वक सम्पन्न गर्यो। यस अभियानलाई खरसाङ एथलेटिक्स क्लब र तिनधरिया रनर्स एसोसिएसन लगायत विभिन्न धावक समूहहरूले मार्गभरि स्वागत, उत्साहवर्धन तथा समर्थन गरेका थिए।

यस सफल यात्राले शारीरिक तन्दुरुस्ती, सामुदायिक सहभागिता र खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश फैलाउन सकिने सशक्त उदाहरण प्रस्तुत गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande