
गान्तोक, 19 जुलाई (हि.स.)। राजधानीको पोल्जोर स्टेडियममा जारी एसएफए ए डिभिजन एस-लिगअन्तर्गत आज साङ मुस्ताङ फुटबल क्लब र हाउलर्स स्पोर्टिङ सिङ्तामबीच चौथो खेल सम्पन्न भयो। अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को तत्वावधानमा सिक्किम फुटबल संघ (एसएफए) द्वारा आयोजित खेलमा साङ मुस्ताङ फुटबल क्लबले रोमाञ्चक प्रतिस्पर्धामा हाउलर्स स्पोर्टिङ सिङ्तामलाई ३-२ गोल अन्तरले पराजित गर्यो।
साङ मुस्ताङ फुटबल क्लबको तर्फबाट रोनाल्ड राईले तीन गोल गरे भने हाउलर्स स्पोर्टिङ सिङ्तामको तर्फबाट सङ्गम तामाङ र नोएल दर्जीले एक-एक गोल गरे। खेलमा रोनाल्ड राईले उत्कृष्ट ह्याट्रिक गर्दै साङ मुस्ताङ फुटबल क्लबलाई महत्त्वपूर्ण जित दिलाए।
हिन्दुस्थान समाचार / बिशाल