खैबर पख्तुनख्वाको ट्याङ्कमा आतङ्की आक्रमणमा 14 सुरक्षाकर्मीसहित 15 जनाको मृत्यु
सांकेतिक


इस्लामाबाद, 25 जुलाई (हि.स.)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ट्याङ्क जिल्लामा रहेको संयुक्त पुलिस चौकीमा आतङ्की आक्रमणमा 14 सुरक्षाकर्मीसहित कम्तीमा 15 जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार, सुरक्षा बलले जवाबी कारबाहीमा 12 जना आतङ्कीलाई मारेको छ।

जियो न्यूजले आईएसपीआरलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ, 23 र 24 जुलाईको मध्यरातमा आतङ्कीहरूले चेकपोस्टको सुरक्षा घेरा तोड्ने प्रयास गरे, तर सुरक्षा बलले तत्काल कारबाही गरेर उनीहरूको प्रयासलाई विफल बनायो। भागेका आतङ्कीहरूलाई खेदो गरेर 12 जनालाई मारिएको छ।

आक्रमण असफल भएपछि आतङ्कीहरूले विस्फोटक पदार्थले भरिएको गाडी चेकपोस्टको बाहिरी पर्खालमा ठोक्काएको सेनाले जनाएको छ। शक्तिशाली विस्फोटले चेकपोस्टमा ठूलो क्षति पुऱ्याएको र 15 जनाको ज्यान गएको बताइएको छ। मृतकहरुमा 12 जना सेनाका जवान, दुई जना पुलिस र वन विभागका एक पूर्व सरकारी अधिकारी छन्।

आईएसपीआरले उक्त क्षेत्रमा बाँकी रहेका आतङ्कीहरूको खोजी गर्न सफाई अभियान चलिरहेको बताएको छ। सेनाले देशबाट आतङ्कवादको खतरा उन्मूलन गर्न सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूले आतङ्कवाद विरोधी कारबाही जारी राख्ने कुरा दोहोऱ्याएको छ।

आक्रमणपछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफले यसको कडा निन्दा गरेका छन्। दुवै नेताले शहीद सुरक्षाकर्मीलाई श्रद्धाञ्जलि अर्पण गरे र कारबाहीमा 12 जना आतङ्कीलाई मारेकोमा सुरक्षा बललाई बधाई दिए।

सन् 2021 मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा आतङ्कवादी घटनामा उल्लेखनीय वृद्धि भएको छ। यस कुरालाई ध्यानमा राख्दै पाकिस्तानी सरकारले आतङ्कवादविरुद्ध निरन्तर अभियान चलाइरहेको छ।

-------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande